MENU

बातावरण-कृषि

Ncell Axiata

मोरङमा फुल्यो गुराँस

सुमन तिमल्सिना/उज्यालो । 

बिराटनगर, चैत ३० – मोरङको उत्तरी क्षेत्रमा गुराँस फुलेको छ । पहाडको उच्च क्षेत्रमा फुल्ने गुराँस भारतीय सीमासँग जोडिएको मोरङको पहाडी क्षेत्रमा फुलेर डाँडै रातै भएको छ । 

सङ्खुवासभा र ताप्लेजुङ तथा तेह्रथुमलगायतका जिल्लामा फुल्ने गुराँस मोरङ उत्तरी गाउँहरुमा फुलेको हेर्न पाईन्छ । अहिले पाटीगाउँका जङ्गल लालीगुराँसले छपक्कै भएका छन् । गुराँस हेर्नकै लागि तेह्रथुमसम्म पुग्नेहरुको लागि अहिले भेडेटारबाट झण्डै आधा घण्टा धनकुटाको डाँडा बजारसम्म पुग्दा नपुग्दै गुराँस फुलेको देख्न सकिन्छ । 

डाँडाबजारबाट तल्लो भागमा पर्ने पाटीगाउँमा प्रशस्तै गुराँस फुलेको भेटिन्छ । गुराँस हेर्नको लागि नै विभिन्न स्थानबाट सर्वसाधारणहरु पाटीगाउँसम्म जाने गरेको स्थानीय बासिन्दाको भनाई छ । स्थानीय गणेश बहादुर लिम्बु भन्नुहुन्छ, ‘माघ–फागुनदेखि नै गुराँस फुलेको हो ।’ 

गुराँसको सौन्दर्य हेर्न जती नै आनन्द आउँछ त्यती नै त्यसको संरक्षण हुन सकेको छैन । स्थानीय बासिन्दाले संरक्षण गर्न नजान्दा भारतीय सीमासँग जोडिएको मोरङको उत्तरी भेगमा फुल्ने गुराँसका रुखहरु नै कटान हुँदै गएको समेत बताईन्छ । 

ताप्लेजुङ-संखुवासभा र तेश्रथुमको टिएमजे क्षेत्रमा नयाँ वर्ष सुरु भएसँगै गुराँस हेर्न आउने पर्यटकको भीड लाग्ने गर्छ तर नजिकै रहेको पाटीगाउँमा पुर्‍याउन सकिने हो भने मात्र पनि मोरङले अर्को पर्यटकीय क्षेत्रको रुपमा पार्टीगाउँलाई बनाउन सक्ने स्थानीय बासिन्दाको बुझाई छ । 

गएका वर्षमा चैत-वैशाखमा मात्रै फुल्ने गुराँस हिजोआज फागुनदेखि नै फुल्न थाल्छ ।  पछिल्लो समयमा मौसममा आइरहेको परिवर्तनका कारण गुराँस फुल्ने समयमा फेरबदल आउन थालेको स्थानीय बासिन्दा बताउँछन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया