MENU

मनोरञ्जन

Ncell Axiata

कलाकार तय भएसँगै छरियो ‘छक्का पञ्जा-२’ को टोली, बनाउनुअघि नै कमायो १ करोड

काठमाडौं, चैत ३० – दीपा श्री निरौलाको निर्देशनमा बन्न लागेको सिनेमा ‘छक्का पञ्जा २’ मा चार जना कलाकार अनुबन्धित भएका छन् । गएको एक महिनादेखि सिनेमामा कलाकारको खोजी भइरहेको थियो । 

मंगलबार मात्रै सिनेमाका लागि अभिनेत्री स्वस्तीमा खड्का र निश्चल बस्नेतसँगै ‘शुस्केरा’ अभिनेता स्वरुप पुरुष ढकाल र ‘म त तिम्रै हुँ नी’ अभिनेत्री ज्योत्सना योगी अनुबन्धित भएको जानकारी छ । 

सिनेमामा निश्चल क्यामियो भूमिकामा हुनेछन् । स्वस्तीमा भने मुख्य अभिनेत्री कै भूमिकामा हुनेछिन् । 

मंगलबार सिनेमाका लागि कलाकार फाईनल गरेर निर्माण टोली देश विदेशमा छरिएको छ । निर्माता तथा कलाकार दीपक राज गिरी पारिवारिक भ्रमणको लागि थाईल्याण्ड उडेका छन् भने जितु नेपाल पनि कार्यक्रमको लागि बिहीबार जापान उड्ँदैछन् । त्यस्तै निर्देशक दीपा श्री निरौला भने नेपालमै लोकशन हन्टिङको काममा व्यस्त छिन् । 

कलाकार फाईनल भएसँगै वैशाखको दोस्रो सातादेखि फ्लोरमा जाने यस सिनेमामा केदार घिमिरे, प्रियंका कार्की, दीपक राज गिरी, शिवहरी पौड्याल, बुद्धी तामाङ, जितु नेपाल, वर्षा राउत लगायतका कलाकारहरु ‘छक्का पञ्जा’कै दोहोरिने छन् ।  

रिलिज पूर्व नै कमायो १ करोड 

‘छक्का पञ्जा’को सफलताका कारणले गर्दा हाईलाईट्स नेपालले  छक्कापञ्जाको सिक्वेलको विश्वव्यापी प्रदर्शनको अधिकार अहिलेसम्मकै सर्वाधिक महङ्गो रकममा खरिद गरिसकेको छ । हाईलाईट्स नेपालले ‘छक्का पञ्जा’को सिक्वेलको विश्वव्यापी प्रदर्शनको अधिकार एक करोड रुपैयाँमा खरिद गरेको हो । यस हिसाबले ‘छक्का पञ्जा–२’ ले निर्माण हुनु अगाडि नै १ करोड रुपैयाँ कमाइ गरेको छ  । 

कुनै पनि सिनेमाको विश्वव्यापी प्रदर्शनको अधिकार एक करोडमा बिकेको, नेपाली सिनेमाको ईतिहासमै यो पहिलो पटक हो । मंगलबार मात्रै हाईलाईट्स नेपाल र फिल्म निर्माण कम्पनी ‘आमा सरस्वती गीतादेवी फिल्मस्’बीच यो सम्झौता भएको हो ।

 

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया