MENU

यो पनि समाचार

Ncell Axiata
USAID

क्रिकेटमा यस्तो चमत्कार : ४ बलमा ९२ रन

काठमाडौं, चैत ३० – क्रिकेटमा एक ओभरमा कतिसम्म रन बनाउन सकिएला ? ट्वेन्टी ट्वेन्टी क्रिकेटको विकाससँगै २०/२५ रन त सामान्य नै लाग्न थालिसक्यो । ६ बलमा ६ छक्का नै हान्न सके पनि ३६ रन मात्र बनाउन सकिन्छ । नोबल, वाइड भएमा अरु केही रन होला । 

तर क्रिकेटमा सोच्न पनि नसकिने चमत्कार भएको छ । ४ बलमा ९२ रन । तर मुख्य कुरा यति असम्भव रन सम्भव हुनुमा ब्याट्सम्यान भन्दा धेरै बलरको भूमिका छ । यस्तो चमत्कार बंगलादेशको ढाकामा चलिरहेको सेकेन्ड डिभिजन लिग क्रिकेटमा भएको हो । सिटी क्लब क्रिकेट मैदानमा भएको एक्सियोम र लालमटिया क्लबबिचको खेल क्रिकेट इतिहासमै अनौठो घटना भएको छ ।

 

लालमटियाको तर्फबाट पहिलो ओभर बलिङ गरेका सुजोन महमुदले जम्मा ४ बलमा ९२ रन खर्चिए । जसमा ६५ वाइड रन (१३ वाइड बल) र तीन नोबलमा १५ रन साथै बाँकी १२ रन सहि बलमा आएको थियो ।

५० ओभरको खेलमा पहिले ब्याटिङ गर्दै लालमटियाले १४ ओभरमा ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य एक्सियोम क्लबले ४ बलमै भेट्टायो । तर बलर महमुदलाई बलिङ गर्न नआएर यस्तो खराब प्रदर्शन गरेका भने होइनन् । अम्पायरको निर्णय निकै खराब भएको भन्दै लालमटिया क्लबले विरोध गर्दै यस्तो खेल खेलेका हुन् । 

ढाका ट्रिब्युनले लालमटियाका जनरल सेक्रेटरी अदनान रहमानलाई उद्धृत गर्दै भनेको छ, ‘अम्पायरले निकै खराब निर्णयहरु गरेका थिए, यसैले विरोधस्वरुप यस्तो गरिएको हो ।’ 

‘टस गरेदेखि नै अन्याय भएको थियो, हाम्रो कप्तानलाई सिक्का नै नदेखाइ पहिले ब्याटिङ भनेर बोलाइयो, हाम्रा नौजवान खेलाडीले त्यस्तो अन्याय सहन सकेनन् र खेलबाटै विरोध गरे ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया