MENU

मनोरञ्जन

Ncell Axiata
USAID

महानायकको रथ यात्रा

बाँके, चैत ३० – महानायक राजेश हमाललाई बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको छ । नेपालगञ्जमा रथयात्रा गरी महानायक हमाललाई नागरिक अभिनन्दन गरिएको हो ।

नेपालगञ्जमा बुधबारदेखि सुरु भएको दोस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको उद्घाटनमा महानायक हमाललाई बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलगायतले अभिनन्दन गर्नुभयो । 

महानायक हमाललाई मध्यान्हको चर्को गर्मीको प्रवाह नगरी नेपालगञ्जका बासिन्दाले रथ यात्राका क्रममा स्वागत गरेका थिए ।  नेपालगञ्जको कारकादौंदेखि धम्बोझीसम्म रथयात्रा गरिएको हो । 

महानायक हमालले आफू कुनै योजना लिएर सिनेमा क्षेत्रमा प्रवेश नगरेको बताउनुभयो । सिनेमाको सशक्तिकरणले आकर्षित गरेको उहाँले बताउनुभयो । आफूलाई सामान्य मानिस भन्दै उहाँले दर्शकहरुको सम्बन्ध भने विशेष आत्मिय भएको बताउनुभयो । 

बिहीबारसम्म चल्ने फिल्म फेस्टिबलमा नेपालका १३ सहित २५ वटा चलचित्र प्रदर्शनी गरिने कार्यक्रम निर्देशक नन्द देवकोटाले जानकारी दिनुभयो । प्रथमलाई ५० हजार, दोस्रोलाई ३५ हजार र जुरी अवार्ड २५ हजार रुपैयाँको पुरस्कार छ । चलचित्रकर्मी  नबि सुव्वा, अनुप सुवेदी र साहित्यकार नयनराज पाण्डे निर्णायकमा रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया