MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

यस्तो छ एनसेलको नयाँ अफर, प्रिपेडमा अब स्वतः रोमिङ

काठमाडौं, चैत्र ३१ – एनसेलले नयाँ वर्षको अवसरमा रोमिङमा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने प्रिपेड र पोस्टपेड ग्राहकका लागि रोमिङको नयाँ योजना ल्याएको छ ।

योजना अन्तर्गत एनसेलले विदेश भ्रमणमा जानेका लागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक ल्याएको छ, जसमा एनसेलका ग्राहकले आफू रोमिङ्मा रहेको समयमा पनि आफ्ना परिवार, आफन्त तथा सम्बन्धित देशका व्यावसायिक साझेदारहरुसँग सम्पर्कमा रहन सक्नेछन् । यो अफर बिहीबारदेखि लागु हुने एनसेलले विज्ञप्तीमार्फत जनाएको छ ।

दैनिक रोमिङ् डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकलेसेवा निःशुल्क सुचारु गरि करसहित मात्र पाँच सयमा अनलिमिटेड डेटा लिन सक्नेछन् । सेवा एक पटक सुचारु गरेपछि ग्राहकले निष्कृय नगरेसम्म सुचारु रहिरहने छ । पाँच सय रुपैयाँ शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात् प्याक नवीकरण भएपनि डेटा प्रयोग नगरेमा प्याक बापतको शुल्क लाग्ने छैन ।  दैनिक रोमिङ् डेटा प्याक भारत, चिन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागु हुनेछ ।

त्यसैगरी आफू यात्रामा भएको समयमा भ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले कर सहित मात्र पाँच सय रुपैयाँमा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक लिन सक्नेछन् । यो प्याक अन्तर्गत ग्राहकले  रोमिङ्मा रहेको समयमा नेपालमा कल गर्न र सम्बन्धित रोमिङ् देश भित्र कल गर्नका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कलका साथै २५ वटा एसएमएस पठाउन सक्ने एनसेलले जनाएको छ ।  यो प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ ।

यो प्याक भारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएई, लगायतका विभिन्न ३५ गन्तव्यहरुमा लागु हुनेछ ।
 
एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि प्राप्त जानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । 
 
यसका साथै एनसेलको प्रिपेड रोमिङ् सेवा उपलब्ध रहेका गन्तव्यहरुमा आफ्ना प्रिपेड ग्राहकका लागि रोमिङ् सेवा स्वतः उपलब्ध हुने बनाएको छ । यसअन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइल लिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमा पुग्ने बितिकै रोमिङ् सेवा स्वतः उपलब्ध भएको जानकारी गराइने छ । भारत र चीनको लागि भने प्रिपेडमा स्वतः रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफू यात्रामा जानुअघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार रोमिङ सेवा सुचारु गनुपर्नेछ ।

दैनिक भ्वाइस र एसएमएस प्याक प्रयोग गर्ने समयसीमा वा प्याकमा उपलब्ध भोल्युम सकिएपछि नियमित रोमिङ् शुल्क लागु हुनेछ । दैनिक रोमिङ डेटा प्याक सुचारु गरेका ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सेवा निष्क्रिय गर्न पनि सक्छन् ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

  • ​९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान

    काठमाडौं, साउन १ – सरकारले ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरेको छ । सुर्खेत, वीरेन्द्रनगर, भैरहवा, पोखरा, काठमाडौं, तुम्लिङटर, विराटनगर, सिमरा र नेपालगन्ज गरी ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरिएको हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया