MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

रुस रिसाउनुको कारण छैन, सिरियामाथिको हमला जायज हो : ट्रम्प

काठमाडौं, चैत ३१ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्धको कारबाहीमा रुसले दिएको प्रतिक्रिया निकै निराशाजनक भएको बताउनुभएको छ । उहाँले सिरियाको सैन्य हवाई अड्डामा अमेरिकाले गरेको मिसाइल आक्रमण जायज भएकोसमेत बताउनुभएको छ ।  

सिरियामा भइरहेको गृह युद्ध तत्काल रोक्नु पर्नेमा उहाँले जोड दिनु भएको छ । नेटोको महासचिव जेन्स स्टाल्टेनवर्गसँग संयुक्त प्रेस सम्मेलनमा राष्ट्रपति ट्रम्पले सिरियामा भएको नागरिकको नरसंहार रोक्न ढिला भइसकेको भन्दै तत्काल गृहयुद्ध अन्त्य गरिनुपर्ने बताउनु भएको हो ।  

उहाँले सिरियाका राष्ट्रपति बसर अल असदलाई ‘कसाइ’को संज्ञा पनि दिनु भएको छ । गएको हप्ता सिरियाली शासकले रासायनिक आक्रमण गरी आफ्नै देशका नागरिकको हत्या गरेकाले अमेरिकाले चेतावनी स्वरुप सिरियामा मिसाइल आक्रमण गरेको उहाँको भनाई छ । 

यस्तै उहाँले आफू नेटो सेनाको पक्षमा रहेको भन्दै अफगान र इराकी सहयोगिको मद्धतमा नेटोले अझै धेरै काम गर्नुपर्नेमा जोड दिनु भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया