MENU

मनोरञ्जन

Ncell Axiata
USAID

दुई सन्तानका पिता माग्ने भन्छन् - छोरो कलाकार भए खुशी हुन्छु

काठमाडौं, चैत ३१ – हाँस्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले ५८ सालदेखि अभिनयको सुरुवात गरेका हुन् । उनको पहिलो सिरियल हो ‘हिजो आजका कुरा’ । उनले मिडिया क्षेत्रमा भने रेडियोबाट प्रवेश गरेका थिए । बौद्धमा रहेको रेडियो ‘एचबीसी’ मा उनले सुरुवाती दिनमा दुईवटा कार्यक्रम चलाउँथे । 

२०६२ सालबाट सुरु भएको सियिरल ‘मेरी बास्सै’ले उनलाई एक सफल हाँस्यकलाकारको रुपमा चिनायो । यो सिरियल पछि माग्ने नेपाली दर्शकहरुको मन पर्ने हाँस्यकलाकार बने । उनलाई ‘मेरी मास्सै’मा माग्नेको भूमिकामा देखेर दर्शकहरु गलल्ल हाँस्थे । उनलाई यो रुपमा दर्शकले निकै माया दिए । यसैको फलस्वरुप केदार आज नेपाली हाँयव्यग्ङय क्षेत्रका सफल हस्तीको रुपमा परिचित छन् । केदारले ‘मेरी बास्सै’मा झण्डै ८ वर्ष काम गरे । पछिल्लो समय स्वास्थ्य स्थिति खराब भएका कारण आराम गरिरहेका उनी कलाकारितासँगै व्यक्तिगत जीवनमा पनि सफल छन् ।   

श्रीमती पनि अभिनयमा 

विवाहको १८ औँ वर्षमा हिँडिरहेका केदारले काठमाडौंमा टिक्नको लागि संघर्ष गरिरहेकै बेला जीवन संगीनीको रुपमा सीतालाई पाएका थिए । ललितपूरकी सीतासँग २०५६ सालमा उनले मागी विवाह गरे । विवाह पछि सीताले केदारको करिअरलाई सफल बनाउन निकै सहयोग गरेकी छिन् । माग्नेको कलाकारिता सफल हुँदै जाँदा सीताले पनि सियिरलमा अभिनय गर्ने मौका पाईन् । उनले ‘मेरी बास्सै’मा माग्नेको दोस्रो श्रीमती भएर केही वर्ष अभिनय गरेकी छिन् । पछिल्लो समय भने उनी युट्युब सिरियल ‘खासखुस’मा देखा परिरहेकी छिन् । सिरियलमा उनी सीताकै भूमिकामा छिन् । 

छोराछोरी पनि अभिनयमा सक्रिय

केदारका एक छोरा आशिष (१६ वर्ष) र एक छोरी आयुषा (११ वर्ष) छन् । केदारकी छोरी पनि अभिनयमा रुची राख्छिन् । उनका छोरा आशिषले मेरी बास्सैमा बालकलाकारको रुपमा केही वर्ष काम गरे । उनले सिरियलमा पनि माग्नेकै छोराको भूमिका निभाएका थिए । त्यस्तै उनकी छोरी आयुषाले पनि मेरी बास्सैकै केही भागहरुमा काम गरेकी थिईन् । तर उनको भूमिका त्यति सजिलै याद हुने खालको नभएका कारण उनको अभिनय धेरैलाई थाहा भएन । तर उनले युट्युबमा केही शर्ट कमेडि भिडियोहरु भने गरेकी छिन् । 

छोरो अभिनयमा आए खुशी हुन्छु

केदारले घिमिरेले हामीसँगको कुराकानीमा छोराले अहिले १० कक्षाको परीक्षा दिएर बसेको जानकारी दिए । त्यस्तै उनकी छोरी पनि अब कक्षा ६ मा पढ्ने भएकी छिन् । परीक्षा दिएर बसेका छोराको आई टीमा रुची भएको भन्दै केदारले आफूलाई भने छोरा अभिनयमा आए खुशी लाग्ने बताए । तर छोराले आईटीमै राम्रो गरे पनि उनलाई खासै समस्या भने हुने छैन ।  

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया