MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

अब १ रुपैयाँमा एनसेलको पिआरबिटी सेवा

काठमाडौ, चैत्र ३१ – एनसेलका ग्राहकले अब करसहित मात्र एक रुपैयाँमा पिआरबिटी सेवा पाउने भएका छन् ।  

एनसेलले विज्ञप्तीमार्फत जनाएको छ, ‘नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि  पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको छ, जसअन्तर्गत ग्राहकले अब दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन सक्नेछन् । यसअघि पिआरबिटी र टोन सेवा ३० दिनको समयावधिमा मात्र उपलब्ध थियो ।’

यो अफर बिहीबारदेखि लागु भएको छ । योजना अन्तर्गत एनसेलका सबै ग्राहकले एक दिन र एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा सुचारु गर्न सक्नेछन् ।  पिआरबिटी सेवा अन्तर्गत एनसेलका ग्राहकले आफ्नो रोजाइको लोकप्रिय टोन तथा गीतहरुलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् र साथीभाइले कल गर्दा उक्त टोन तथा गीत सुन्न सक्नेछन् । लोकप्रिय नेपाली तथा अन्तर्राष्ट्रिय गीत संगीतहरुको सूचिबाट ग्राहकले आफूले रुचाएको गीत तथा टोनलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् ।

यो अफरसँगै एनसेलका ग्राहकले अब १ दिन समयावधिको पिआरबिटी र टोन सेवा कर सहित मात्र एक रुपैयाँमा सुचारु गर्न सक्नेछन् । त्यस्तै एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा कर सहित ५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले १७११७ डायल गरि प्राप्त निर्देशन अनुसार पिआरबिटी सेवा तथा टोन सेवा सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एस्ट्रिक १७११७ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गीत तथा टोनको सूचिबाट आफ्नो रोजाइको रिङ ब्याक टोन राख्न सक्नेछन् ।

ग्राहकले अंग्रेजीमा आर लेखि १७११७ मा एसएमएस पठाई यो सेवा निष्क्रिय गर्न सक्नेछन् ।  नयाँ वर्षको अवसरमा ल्याइएको यो अफर १५ दिनको लागि मान्य हुने एनसेलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया