MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

यमनमा भोकमरीः ९० लाख भन्दा धेरै मानिसलाई तत्काल सहयोगको खाँचो

चैत ३१ – द्वन्द्वग्रस्त यमनका ९० लाख भन्दा धेरै मानिसलाई तत्लकाल मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ । तत्लका खाद्य सहायता पुर्‍याउन नसकेका ति मानिस गम्भीर भोकमरीको चपेटामा पर्ने डब्लुएफपीले जनाएको छ । यमनका सबै क्षेत्रमा भोकमरीको अवस्था रहेको र अहिले मानिसको जीवन रक्षाका लागि तीब्र गतिमा सहयोग गर्नु पर्ने आवश्यकता रहेको यमनका लागि डब्लुएफपीका प्रतिनिधि स्टिफन एन्डर्सनले बताउनुभयो ।

भोकमरीका कारण आपतकालिन अवस्था सिर्जना भएको र यो अवस्थाको सामना गर्नका लागि एक अर्ब २० करोड अमेरिकी डलर भन्दा बढी आवश्यक पर्ने डब्लुएफपीले जनाएको छ । यमनमा भाकमरी तथा खाद्य सुरक्षाको अवस्था निकै गम्भीर अवस्थामा पुगेको छ ।

तत्काल सहयोग पुर्‍याउन नसकिए लाखौं मानिसको जीवन जोखिममा पर्ने भएकाले सहयोगका लागि अपिल पनि गरिएको छ । अहिले ६७ लाख भन्दा धेरै मानिसलाई तत्काल आधारभुत खाद्यान्न सहयोगको खाँचो रहेको डब्लुएफपीले जनाएको छ ।

त्यसमा २२ लाख भन्दा धेरै बालबालिका छन् । यस्तै गर्भवती तथा बच्चाका आमाको अवस्था निकै नाजुक रहेकाले सहायतामा उनीहरुलाई प्राथमिकतामा राख्नु पर्नेमा पनि जोड दिइएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया