MENU

साहित्य/ कला

Ncell Axiata
USAID

पशुपतिमा सात दिन के के भयो ?, अब बजारमा

काठमाडौं, चैत ३१ – गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको मन्दिरमा भारतीय मुलका मूल पूजारी भट्ट हटाएर नेपाली भट्ट नियुक्ति गर्नुभएको थियो । 

तर त्यो घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय विवादको रुप लियो र नियुक्ति भएका डा. विष्णुप्रसाद भट्टले ७ दिनमै पशुपति छाड्नुपरेको थियो । पशुपतिमा ७ दिन मुल भट्टको रुपमा काम गर्दा डा. विष्णु भट्टका अनुभव समेटिएको पुस्तक ‘पशुपतीमा ७ दिन’ बिहीबार सार्वजनिक भएको छ ।

कार्यक्रममा ठट्टा गर्दै प्रधानमन्त्री दाहालले तीनवटा पति पशुपति, राष्ट्रपति र सेनापतिको बारेमा कुरा गर्दा झस्किने बताउनुभयो । आफूले धेरै ढंग पुर्‍याउन नसकेपनि नेपाली नागरिक र नेपाल राष्ट्रको प्रतिनिधित्व हुनेगरि तर तीनवटै पतिमा नयाँ मिसन चाल्न खोजेको बताउनुभयो ।

पुस्तकको सार्वजनिक गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हरेक क्षेत्रमा नेपाल राष्ट्रको प्रतिनिधित्व हुनेगरी काम गर्न खोजेपनि विवादमा पारिएको बताउनुभयो ।

राष्ट्रवाद र लोकतन्त्रका जतिसुकै चर्का कुरा गर्नेहरुलाई आफूले मनैदेखि चिन्ने मौका पाएको भन्दै प्रधानमन्त्री दाहालले पशुपति, प्रधानसेनापति र राष्ट्रपतिको विषयमा आफ्नो बिचार नबदलिएको बताउनुभयो  ।

पशुपतिमा ७ दिन मूल पूजारीको रुपमा काम गरेका डा. विष्णु दाहालका अनुभव पुस्तकमा समावेश गरिएको छ । पुस्तककलाई मण्डप बुकले प्रकाशन गरेको छ । पशुपतिमा नेपाली पूजारी नियुक्त हुँदा स्वयं पूजारीले भोगेका समस्या र त्यो बेलाको सरकारको अप्ठ्यारोबारेको चासो मेट्न पुस्तक प्रकाशन गरिएको मण्डप बुक्सका प्रमुख राजकुमार गजुरेलले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया