MENU

अर्थ

Ncell Axiata

आगामी बजेट निजी क्षेत्रमैत्री

काठमाडौं, चैत ३१ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासको महाअभियानमा सहयोग गर्न र सरकारका सकारात्मक कामकारबाहीलाई पूर्ण प्रतिबद्धताका साथ लागु गर्न उद्योगव्यवसायीलाई आग्रह गर्नुभएको छ । 

नेपाल उद्योण वाणिज्य महासङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बिहीबार बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले सरकारको ध्यान आर्थिक विकास र विस्तारमा नै गएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले महासङ्घमा केही गरौं भन्ने भावनाद्वारा प्रेरित नमुनायोग्य समूह नेतृत्वमा आएकामा खुशी व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

‘सरकार र निजी क्षेत्रबीच जति सहकार्य हुन सक्छ, त्यति छिटो विकास र समृद्धिमा जान सकिन्छ, देशमा राजनीतिक स्थिरता हुनासाथ विकास र निर्माणको गति पैदा हुन्छ’ प्रधानमन्त्रीले भन्नुभयो । उहाँले आगामी बजेट निजी क्षेत्रमैत्री हुने बताउँदै पुराना ऐनकानुनमा समयानुकूल परिमार्जन गर्दै लगिने जानकारी दिनुभयो । 

त्यस अवसरमा महासङ्घका नवनिर्वाचित अध्यक्ष भवानी राणाले सरकारले उद्योगी तथा व्यवसायीको भावनालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्र सरकारको सहयोगी भएकाले सँगै लिएर हिँड्न र सकारात्मक सहयोगको वातावरण बनाइदिन आग्रह गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया