MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

अमेरिकी बम आक्रमणबाट आइएसको बेसक्याम्प ध्वस्त पारेको दाबी, ३६ को मृत्यु

काठमाडौं, वैशाख १ – अमेरिकाले अफगानिस्तानमा खसालेको अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बमले इस्लामिक स्टेट (आइएस) को बेस क्याम्प ध्वस्त पारेको दाबी गरेको छ । बिबिसीका अनुसार आक्रमणमा ३६ जनाको ज्यान गएको छ । 

जीबियू ४३ नाम दिइएको बमलाई ‘मदर अफ अल बम्स्’को संज्ञा पनि दिइएको छ । आइएसले नेटवर्क सञ्जाल सञ्चालन गरिरहेको अफगानिस्तानको मोमन्द भ्यालीमा बम खसालिएको हो । अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ । सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोग भने गरिएको थिइएन । 

अमेरिकी रक्षा मन्त्रालयले विद्रोही समूह स्लामिक स्टेट (आइएस)को क्षेत्रमा यो बम खसालेको दाबी गरेको हो । यो बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको खबरमा उल्लेख छ । गएको हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि यस्तो बम खसालिएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया