MENU

विचार/अनुभूति

ujyaalo forign call inside

​नयाँ बर्षमा मेरा तीन सपना

डाक्टर सन्दुक रुइत –

आजदेखि २०७४ साल सुरु भएको छ । यो बर्ष मसँग मेरो टीमसँग केही सपनाहरु छन् । मुख्य तीनवटा छन् भनौं । ती सवै आँखाको उपचारसँगै सम्बन्धित हुन् ।

सपना नम्बर एक 

सामुदायिक आँखा अस्पतालको अवधारणालाई विश्वमा फैलाउने योजना छ । यसको शुरुवात पनि हामीले थालिसकेका छौं । ३ हप्ता पहिले हामीले भुटानमा सामुदायिक अस्पतालको शिलान्यास गरेका छौं । त्यहाँको राजाको हजुरआमाको नाममा किन भने उहाँ त्यहाँ अन्धोपन निवारणको क्षेत्रमा सम्मानित हुनुहुन्छ । त्यस्तै म्यानमारमा पनि दुईवटा सामुदायिक आँखा अस्पतालको काम शुरु भइसकेको छ ।

त्यस्तै इण्डोनेशियामा, त्यहिँको संस्थासँग मिलेर काम गर्ने योजना छ । त्यसैगरि अफ्रिकाका इथियोपिना, घाना, सेनेगललगायत देशमा यो अवधारणा विस्तार गर्ने योजना पनि अघि बढिरहेको छ । विभिन्न देशमा ३० वटा जति चेन अस्पताल खोल्ने योजना छ । नेपाललगायत एशिया, अफ्रिका केही मात्रामा दक्षिण अमेरिकी महादेशमा तल्लो तह अर्थात ग्रासरुट लेभलमा स्तरीय आँखा उपचार पुर्‍याउने कुरा चलिरहेको छ ।

हामीले हासिल गर्न सकिने (अचिबेबल), स्थायित्व पाउने खालको (सस्टेनेवल) र आर्थिक रुपमा कोही पनि बञ्चित हुन नपरोस भन्ने खालको मोडल हामीले शुरु गरेका हौ । मकवानपुरको हेटौंडाबाट सफल रुपमा शुरुवात गरेको यो अवधारणा हामी विश्वब्यापी बनाउने अभियानमा छौं ।

नेपालले आफैँ शुरु गरेको यो प्रणाली, उपचारको विधी विश्वभरि खासगरि गरिब समुदाय र ठुलो संख्यामा अन्धोपन रहेका समाजमा एकदमै प्रभावकारी हुनेछ भन्ने हाम्रो ठम्याई हो । यो अवधारणा नेपालभित्रै भक्तपुर र नुवाकोटमा पनि विस्तार गर्ने तयारीमा लागेका छौ । सस्तो र स्तरीय उपचार सेवा गाउँगाउँसम्म गरिवदुखीका बस्तीबस्तीसम्म पुर्‍याउनु र निष्पट्ट अध्यारोमा बाँचिरहेका नागरिकलाई जीवनको उज्यालो देखाउने सपना हो । 

सपना नम्बर दुई 

हामीले अर्थात तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गरिरहेको लेन्सलाई अझै गुणस्तरीय र विश्वब्यापी बनाउने अर्को योजना पनि हाम्रो छ । अहिले हामी झण्डै ७० वटा देशमा इन्ट्राअक्युलर लेन्स निर्यात गरिरहेका छौं । बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गरेर हुने यस्तो निर्यात निकै चुनौतीपूर्ण बन्दैछ । यसका लागि हामीले उत्पादनको संख्या र गुणस्तर अझै बढाउनुपर्ने छ भने भाउ बढ्न दिननहुने अवस्था छ । 

२५ बर्षअघि १ सय ५० अमेरिकी डलर पर्ने र नेपालजस्तो देशमा प्रयोग नै गर्न नसकिने बताउने गरेको तिलगंगा आँखा प्रतिष्ठानले अहिले ३ अमेरिकी डलरमा उत्पादन गरिरहेको छ । यसलाई अझै विश्वब्यापी बनाउने योजना छ । 

विश्वभरि जति चिकित्सकले हाम्रो लेन्सलाई गुणस्तरीय भनेका छन् उपचारमा प्रयोग गरेका छन् त्यो आत्मविश्वासबाट पनि हामीलाई हौसला मिलेको छ  ।  हामी लेन्स उत्पादनको क्रमलाई अझै एक स्टेप माथिल्लो प्लेटफर्ममा लैजान चाहन्छौं । 

सपना नम्बर तीन 

अर्को सपना तिलंगागा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्ने अवस्थामा पु¥याउने हो । हामी प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठन डब्लुएचओको सेन्टर फर कोल्याब्रेशनका रुपमा विकास गर्न चाहिरहेका छौ । नेपालमा अहिलेसम्म कुनै पनि संस्थाले यो अवसर पाएका छैनन् । 

अहिलेका स्वास्थ्यमन्त्री गगन थापाको भिजन र एप्रोच हेर्दा केही हुन्छ भन्ने आशा पनि जागेको छ । स्वास्थ्यका दृष्टिले हाम्रो भविष्य सुनिश्चित हुन्छ जस्तो लाग्छ । नागरिकलाई सुलभ सेवा दिने प्रतिवद्धताले आशा गर्न सकिने ठाउँ जन्माएको छ । भद्रगोल रहेको मन्त्रालयमा उहाँले जसरी काम थाल्नुभएको छ । समय पाउनुभयो भने त्यसले ठुलो परिवर्तन ल्याउँछ भन्ने आशा जागेको छ । यो क्षेत्रमा पनि उज्यालो देखेको छु । 

नयाँ बर्षको अवसरमा उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिममा बस्ने सवै नेपालीलाई मीठो शुभकामना ब्यक्त गर्छु म र मेरो परिवारको तर्फबाट । 

नयाँ बर्षले हामी सवै नेपालीमा सद्बुद्धि आओस विगतमा गरेका गल्ति सुधारौं । यो देश हामीले जस्तो पाएका छौ त्यो भन्दा राम्रो बनाउन सकौं भन्ने कामना छ । 

– लक्ष्मण कार्कीसँगको कुराकानीका आधारित 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया