MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

चीनको चेतावनी–उत्तर कोरियामा कुनैपनि बेला युद्धको अवस्था आउन सक्छ

वैशाख २ – चीनले उत्तर कोरियाको विषयमा तनाव बढ्दै गएको र  त्यहाँ कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।बढ्दै गएको तनावले यद्धको रुप लिने र त्यसबाट कसैको जित नहुने चीनका विदेश मन्त्री वांग यीले बताउनुभएको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले चासो र चिन्ता व्यक्त गरिरहेका बेला चीनको यस्तो भनाई आएको हो । चीन उत्तर कोरियाको नजिकको सहयोगीको रुपमा मानिदै आएको छ ।

उत्तर कोरियाका विषयमा बढ्दै गएको तनावका कारण हुने युद्धले गर्दा आफ्नो सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै चीनले चिन्ता जनाएको छ । चीनका विदेश मन्त्री वांगले जुनसुकै प्रकारबाट एक अर्कालाई भड्काउने तथा धम्काउने क्रियाकलापबाट बचि भयावह अवस्था सिर्जना हुन नदिन सबै पक्षसँग आग्रह गर्नुभयो । अमेरिकाले कोरियाली प्रायद्विपमा आफ्नो एक नौसैनिक युद्धपोत तैनाथ गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली समस्याको समाधान खोजिने बताएपछि चीन थप चिन्तामा परेको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया