MENU

राजनीति

Ncell Axiata
USAID

प्रदेश नम्बर २–जनकपुर उपमहानगरमा आकांक्षी को को ?

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, वैशाख २ – स्थानीय तहको चुनाव नजिकिदै जाँदा प्रदेश नम्बर २, मधेसको मुल केन्द्रविन्दु जनकपुर उपमहानगरपालिकामा पनि प्रमुख दलबाट मेयर तथा उपमेयर लगायतको पदका लागि उम्मेद्वाहरुको चर्चा सुरु भएको छ ।

जनकपुर मिथिलाको प्राचिन राजधानीको रुपमा चिनिन्छ  । यहाँ धार्मिक तथा ऐतिहासिक जानकी मन्दिर लगायतका मन्दिर, तालतलैयाले गर्दा जनकपुर धार्मिक नगरीको रुपमा विश्वमा परिचित छ ।

जनकपुर २०१६ सालमा नगरपालिका र २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका बनेको हो । नगरपालिका हुँदा १६ वटा वडा रहेको जनकपुर उपमहानगरपालिका हुँदा कुर्था, बसविटिटी, बिन्धी, प्रको महुवा, लोहना, बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, तथा कनकपट्टी गाविसलाई समावेश गरि अहिले २४ वटा वडा कायम गरिएको छ ।

८५.९९ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको  जनकपुर उपमहानगरपालिकाको जनसंख्या १ लाख ५३ हजार ६ सय १४ रहेको छ । जसमा अहिलेको मतदाता संख्या झण्डै ८० हजार रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ । धनुषाको क्षेत्र नम्बर ४ मा पर्ने जनकपुर उपमहानगरपालिका संविधानसभाको पहिलो र दोश्रो चुनावमा यस क्षेत्रबाट अहिले जनकपुर बमकाण्ड र सञ्चार उद्यमी सिंहायिना हत्याकाण्डको आरोपमा थुनामा रहेका निलम्बित सांसद सञ्जय साह मधेसवादी दलबाट निर्वाचित भएका थिए । दोस्रो स्थानमा कांग्रेस आएका थिए ।

प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलहरुबाट मेयर तथा उम्मेद्वार पदका लागि आकंक्षीहरु आआफ्नो शक्ति लगाउँदैछन् । मधेशवादी दलहरु आन्तरिक रुपमा तयारी गरिएको भने पनि बाहिर उनीहरुको चुनाव विरोधको चहल पहल मात्रै देखिन्छ । नेपाली कांग्रेस र नेकपा एमालेबाट मेयर पदका आकांक्षीहरु बढी देखिएका छन् ।

कांग्रेसबाट मेयर पदका लागि बजरंगप्रसाद साह, श्याम साह, जीवनाथ चौधरी, श्रीराम साह, मनोज साह, सुरेश कोइराला लगायतको चर्चा छ ।

यस्तै एमालेबाट नेता रघुवीर महासेठकी श्रीमती जुली महतोको विशेष चर्चा छ । तर उहाँको मतदाता नामावली धनुषाको मिथिला बिहारी गाउँपालिकामा पर्ने हुनाले समस्या छ । एमालेबाट जनकपुर नगर संयोजक सुरेन्द्र राय, उमेश साह, संजिव झा, प्रिती गुप्ता, राधारानी साह र प्रिति कुमार साहको नाम मेयर पदका लागि चर्चामा छ ।

यस्तै नेकपा माओवादी केन्द्रबाट फुलगेन्द्रप्रसाद साह र कामेश्वर महतोको नाम मेयर पदका उम्मेद्वारको आकंक्षी रहेका छन् । उम्मेदवारहरुको नाम चाँडै टुंगो लाग्ने चुनवमा होमिएका दलहरुले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया