MENU

मनोरञ्जन

Ncell Axiata
USAID

चलचित्र मेरी कुसुम दुबईबाट रिलिज हुने

उमाकान्त पाण्डे/उज्यालो ।

युएई, वैशाख २ – नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका नायक मोहन बोगटीको चलचित्र मेरी कुसुम दुबईमै रिलिज हुने भएको छ । यसअघि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका बोगटीले पहिलो पटक ठूलो पर्दामा अभिनय गरेको चलचित्र उनी कार्यरत रहेको देश युएईका १३ भन्दा धेरै हलमा एकैसाथ प्रदशन हुने भएको हो ।

शुक्रबार दुबईमा पत्रकार सम्मेलन गरेर पहिलो पटक युएईबाट नेपाली चलचित्र रिलिज गर्न लागेको जानकारी गराउनुभयो । मेरी कुसुम वैशाख २२ शुक्रबार पहिलो पटक दुबईमा रिलिज हुनेछ । मेरी कुसुम जेष्ठको २६ मात्रै नेपालमा लाग्ने छ । म्याग्दी , पोखरा र काठमाडौंमा छायाँकन गरिएको चलचित्रमा प्रेम कथामा आधारित एक्सन तथा सामाजिक विषयबस्तु सहितको प्रस्तुती रहेको छ ।

चलचित्रमा नायक मोहन बोगटी, खलनायक राजकुमार थापा तथा नायिका हर्षिका श्रेष्ठ र नवनायिका सुदिप्ता अधिकारीको मुख्य भूमिका छ । सुनिता शर्मा बोगटी निर्माता रहेको चलचित्र मेरी कुसुमलाई एनआर घिमिरेले निर्देशन गरेका हुन. । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया