MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

सरकारको अपरिपक्व कार्यशैली

लेखनाथ पौडेल -

राज्यका निकायहरुमध्ये कार्यपालिका नागरिकको जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएको हुन्छ । नागरिकको जीउधनको सुरक्षा, देशमा शान्ति सुव्यवस्था कायम राख्नु,  जनजीविकासँग सम्बधित चासो तथा गुनासोहरुको यथासक्य छिटो समाधान गर्नु र नागरिकलाई राज्यको उपस्थिती प्रत्याभुत गर्नु उसको प्रमुख दायित्व र जिम्मेवारी हुन्छ ।

तर यसप्रति  सरकार खासै जिम्मेवार भएको देखिँदैन ।  त्यसको एउटा उदाहरण हो, सरकारले नागरिकको गुनासो प्रत्यक्ष रुपमा सुन्न निर्माण गरेको युनिट हेल्लो सरकार ।  हेल्लो सरकार मार्फत गरिएका नागरिकका चासो तथा गुनासोहरुको अपेक्षित रुपमा समाधान हुन नसकेपछि आम नागरिकको असन्तुष्टी प्रकट भयो । त्यही असन्तुष्टीलाई  लक्षित गर्दै  ट्वीटरमा हेल्लो सरकारले लेख्यो, ‘हेल्लो सरकारमा गुनासो गर्दा समाधान नहुने ठान्नु हुन्छ भने हामिलाई गुनासो गर्ने समय अन्य कुनै उत्पादक कार्यमा लगाउन अनुरोध छ ।’

हेल्लो सरकारको यस्तो गैरजिम्मेवार अभिव्यक्ति पश्चात तीव्र बिरोध भयो । हेल्लो सरकारका सञ्चालकले आफूसँग सामाजिक सञ्जालको प्रयोग गर्ने ज्ञान नभएको हुँदा आफूबाट गल्ती भएको स्वीकार गर्दै सीधाकुरा जनतासँग कार्यक्रम मार्फत माफीसम्म मागे । नेपाल सरकारको सचिव स्तरको कर्मचारीले सामाजिक सञ्जाल सञ्चालन गर्ने ज्ञान नभएको भन्नु आफैमा अर्को गैरजिम्मेवारी अभिव्यक्ति थियो । 

त्यस्तै हेल्लो सरकारले चर्चित एनसेल कर प्रकरणमा पनि एनसेलले सरकारलाई कर तिर्न सक्दैन भने नेपाली नागरिक पनि त्यस्को सेवा अस्वीकार गर्न स्वतन्त्र छन्, भन्दै अभिव्यक्ति दियो ।  राज्यभित्र सञ्चालित हरेक गतिविधिलाई कानुनको दायरामा ल्याउने जिम्मेवारी बोकेको सरकारले नै यस्तो अभिव्यक्ति दिएर सेवा बहिष्कार गर्न आह्वान  गर्नुले सरकार कति गैरजिम्मेवार छ भन्ने थप प्रष्ट पार्दछ ।

अब सरकारका बिभिन्न निकायहरुले गरेका निर्णयहरु हेरौं । केही महिनाअघि सवारी साधन  अनुमतिपत्र प्राप्त गर्न लिइने लिखित परीक्षामा धेरै परीक्षाथीहरु अनुत्तिर्ण भएको भन्दै  यातायत व्यवस्था विभागले उत्तिर्णांक घटाइ दियो ।  यसले धेरै संख्यामा परिक्षार्थीलाई पास त गराउला तर सवारी साधन सञ्चालन गर्ने प्रयाप्त ज्ञान  नहुँदा पनि चालक अनुमती पत्र पाउने ढोका खोलिदियो ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट कर्मचारी र सुरक्षाकर्मीकै सेटिङ मार्फत  विभिन्न अनियमितता भइरहेको समाचार बाहिर आएपछि सरकारले खाडी देशमा भिजिट भिषामा जान  रोक लगाउने निर्णय ग¥यो ।  दोशीलाई कारवाही र चुस्त व्यवस्थापन पट्टी ध्यान दिन छोडेर कानूनी तवरले विश्वभर घुम्न पाउने नागरिकको अधिकारमाथि प्रतिबन्ध लगायो । 

बढ्दो सवारी चापसँग जथाभावी हर्न बजाउँदा ध्वनी प्रदुषण भएको भन्दै  वैशाख १ गतेदेखि  अत्यावश्यक अवस्थामा बाहेक काठमाडौं उपत्यकामा हर्न बजाउन नपाउने र त्यसो गरेको पाइएमा कारवाहीसम्म गरिने  निर्णय  गरेको छ ।

सरकारको यो विवादास्पद र अपरिपक्व निर्णयको पनि आलोचना भएको छ । उचित भौतिक पूर्वाधार  र जनचेतनाको विकास तिर ध्यान दिनुको साटो हर्न बजाउन निशेध मात्र गरेर समस्याको समाधान हुँदैन । कसैले हर्न बजायो भने त्यो हर्न बजाउनु आवश्यक थियो या थिएन भन्ने मापन कसरी गर्ने ? 

त्यस्तै अहिले स्वास्थ्यमन्त्री गगन थापाले हरेक शुक्रबार राजधानीलाई नो भेइकल डे घोषणा गर्ने प्रस्ताव गरेको समाचार छ । एकदिन नो भेइकल डे घोषणा गर्नुले मात्र सम्पूर्ण समस्याको समाधान गर्छ त ? सरकारले त्यस्तो नियम कार्यान्वयन गर्दा आम नागरिकलाई त्यसबाट पर्ने असुविधालाई व्यवस्थापन गर्ने उचित योजना देखिँदैन । उचित  व्यवस्था  र वैकल्पिक उपाय बिना गरिएका सरकारका यस्ता थुप्रै अपरिपक्व निर्णयहरुबाट नागरिक आजित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पर्वतले कसेको गाँठो

    तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखति भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ ।

  • नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण

    नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली राजनीतिमा आज अलग ढंगले व्याख्या गर्न थालिएको छ ।

  • म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे

    मलाई स्वप्नमा समेत आक्रमणको प्रयास भइरहेको छ भन्ने संकेत आएको थियो । प्रत्यक्ष भौतिक आक्रमणको सम्भावना त थिएन तर अभिचार क्रियाहरुको माध्ययमबाट पनि मानिसलाई कसरी विचलित पार्न सकिन्छ ? कसरी मानसिक रुपमा कमजोर बनाउन सकिन्छ ? भन्ने काम भयो ।

  • राजाका बग्गी गुडाउन बनेको सडकमा ८ लाख गाडी, अनि हर्न निषेध ?

    अल्प अध्ययन, अनुसन्धान तथा पक्षघात (प्यारालाइसिस) भएको सडक पूर्वाधारको उपस्थितिका बिच २०७४ वैशाख १ गतेबाट ध्वनि प्रदुषण कम गर्ने नाममा हर्न बजाउन प्रतिबन्ध लगाइएको छ । जसरी पनि कार्यान्वयन गरेरै छाड्छौँ भन्ने पदीय दम्भप्रति आफ्नो प्रतिरक्षा गर्नु पर्ने ट्राफिक प्रहरी माहाशाखा चुकेको देखियो ।

  • ​नयाँ बर्षमा मेरा तीन सपना

    आजदेखि २०७४ साल सुरु भएको छ । यो बर्ष मसँग मेरो टीमसँग केही सपनाहरु छन् । मुख्य तीनवटा छन् भनौं । ती सवै आँखाको उपचारसँगै सम्बन्धित हुन् ।​

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया