अन्तर्राष्ट्रिय
उत्तर कोरियाको चेतावनी–परमाणु आक्रमणका लागि तयार
- Saturday, Apr 15, 2017
- 10:53 AM ( 1 year ago )
- Total Views: 35.8 K
वैशाख २ – उत्तर कोरियाले आफू परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको छ । अमेरिकालाई कोरियाली प्रायद्विपमा उत्तेजना फैलाउने कार्य नर्गन आग्रह गर्दै उत्तर कोरियाले आफ्नो देश परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको हो । उत्तर कोरियाका संस्थापक राष्ट्रपति किम लि–सुङको एक सय पाँचौं जन्मजयन्तीको अवसर पारेर यस्तो चेतावनी दिइएको हो । नेता कमि जोङ–उनले अर्को आणविक परीक्षणको निर्देशन दिन सक्ने पनि अनुमान गरिएको बिबिसीले जनाएको छ । शनिबार उत्तर कोरियाली सेनाले राजधानी प्योङयाङमा विशाल परेड पनि प्रदर्शन गरेको छ ।
आफूहरु कुनै पनि प्रकारको युद्धको प्रतिवाद त्यस्तै युद्धबाट गर्न तयार रहेको उत्तर कोरियाली सेनाका अधिकारी चोए योङ–हेएले बताउनुभयो । आफ्नो देश कुनै पनि प्रकारको परमाणु आक्रमणको प्रतिवाद त्यस्तै प्रकारको परमाणुबाट गर्न सक्ने अवस्थामा रहेको उहाँले दाबी गर्नुभएको छ ।
अमेरिकाले कोरियाली प्रयाद्विपमा नौसेनाको युद्ध तोप टुकडी स्थापना गरेपछि तनाव थप बढेको छ । यसअघि चीनले उत्तर कोरियामा कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको थियो ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारका आणविक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले आणविक तथा मिसाइल परीक्षण गर्ने क्रम भने रोकेको छैन ।
सम्बन्धित सामग्रीहरु
-
मासिँदै गएको कम्युनिस्टलाई जोगाउलान् त नवनिर्वाचित महासचिव येचुरीले ?
वैशाख ९ – भारतीय कम्युनिस्ट पार्टी(माक्सवादी) को महासचिवमा सिताराम येचुरी पुनः निर्वाचित भएका छ ।
-
काबुलमा आत्मघाती बम विस्फोट : कम्तीमा ३१ जनाको मृत्यु
वैशाख ९ – अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।
-
चीनमा डुङ्गा पल्टिदा सत्र जनाको ज्यान गयाे
वैशाख ९ – चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको ज्यान गएको छ ।
-
विश्वका सबैभन्दा जेष्ठ नागरिकको निधन
वैशाख ९ – विश्वका जिवित मानिसहरु मध्ये सबैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
-
सिरियामा रासायनिक हतियार प्रयोगबारे छानबिन सुरु
वैशाख ९ – रासायनिक हतियार आक्रमण भए नभएकोबारे अनुसन्धान गर्न विज्ञको समूह सिरियाको डोमा शहरमा पुगेको छ ।
-
कोरियन वन कमजोर, रियाल, रिंगिट र दिर्हाम स्थिर
काठमाडौं, वैशाख १० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ ।
- आईपीएल क्रिकेट : गेललाई बलिङ गर्न पाउलान् त सन्दीपले ?
- यसरी सुरु भयो विश्व पुस्तक दिवस
- प्रहरीद्वारा अवैध सुनचाँदी नियन्त्रण
- कर्णाली प्रदेश सभा बैठक आज : नीति तथा कार्यक्रम प्रस्तुत गरिने
- जन्मदर्ता बिनै बालबालिकाहरु विद्यालयमा भर्ना
- रोमाञ्चक जित हात पार्दै चेन्नई शीर्ष स्थानमा
- सिटीको सम्मानमा गार्ड अफ अनर, ग्वार्डिओला भन्छन्– कीर्तिमान बनाउने हो
- आईपीएलमा कष्णप्पाले जिताए राजस्थानले हार्नै लागेको खेल
- सलाहलाई उत्कृष्ट खेलाडीको उपाधि
प्रतिक्रिया दिनुहोस