MENU

खेल

Ncell Axiata
NIC Asia

बार्सिलोना छोड्ने तयारीमा नेइमार

वैशाख २ – बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारले क्लब छोड्न लागेको खबर आइरहेको छ । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेनसँगको खेलमा ६–१ को ऐतिहासिक पुनरागमन गर्दा महत्वपूर्ण भूमिका खेलेका नेइमारमाथि युभेन्टससँगको खेलमा फोकस गुमाएको आरोप लागेको छ । लियोनल मेस्सी नेमारमाथि आक्रोशित भएका खबर पनि आएका छन् । यही बिचमा कीर्तिमानी मूल्यमा नेइमारलाई अनुबन्ध गर्न क्बलहरु इच्छुक रहेका खबर छन् । यसमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सबै भन्दाअघि छ । यस्तै पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटीले पनि इच्छा देखाएका छन् । युनाइटेड नेइमारलाई भित्र्याउन उनलाई किन्न तिर्नु पर्ने एक सय ७० मिलियन पाउण्ड स्ट्रलिङ तिर्न तयार देखिएको खबर बेलायती पत्रिका एक्सप्रेसले जनाएको छ । नेइमारलाई बेचेर आउने पैसा बार्सिलोनाले पाउलो डिबाला वा किलिएन एमबाप्पेलाई भित्र्याउन खर्च गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया