MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

उत्तर कोरियाको मिसाइल परीक्षण असफल

वैशाख ३ – उत्तर कोरियाको मिसाइल परीक्षण असफल भएको छ । उत्तर कोरियाले देशको पूर्वी तटीय क्षेत्रबाट गरेको मिसाइल परीक्षण असफल भएको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकालाई आफ्नो देश जुनकुनै प्रकारको परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको भोलिपल्ट उत्तर कोरियाले असफल मिसाइल परीक्षण गरेको हो । शनिबार सैन्य शक्ति प्रदर्शनका लागि उत्तर कोरियाले राजधानी प्योङयाङमा विशाल परेड गरेको थियो । आइतबार गरिएको असफल मिसाइलको क्षमताका बारेमा केही खुलेको छैन । अमेरिकालाई कोरियाली प्रायद्विपमा उत्तेजना फैलाउने कार्य नर्गन आग्रह गर्दै उत्तर कोरियाले आफ्नो देश परमाणु आक्रमणका लागि तयार रहेको शनिबार चेतावनी दिएको हो ।

उत्तर कोरियाका संस्थापक राष्ट्रपति किम लि–सुङको एक सय पाँचौं जन्मजयन्तीको अवसर पारेर यस्तो चेतावनी दिइएको हो । अमेरिकाले कोरियाली प्रयाद्विपमा नौसेनाको युद्ध तोप टुकडी स्थापना गरेपछि तनाव थप बढेको छ । यसअघि चीनले उत्तर कोरियामा कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको थियो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारका आणविक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले आणविक तथा मिसाइल परीक्षण गर्ने क्रम भने रोकेको छैन । अहिलेसम्म उत्तर कोरियाले पाँच वटा आणविक प्रक्षपण गरेको छ भने श्रृँखलाबद्ध रुपमा मिसाइल परीक्षण गरिरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया