बातावरण-कृषि
नेपाल र चीनबिच गैँडा हस्तान्तरण गर्न सम्झौता
- Sunday, Apr 16, 2017
- 07:26 AM ( 1 year ago )
- Total Views: 2.3 K
काठमाडौं, वैशाख ३ – नेपाल र चीनबिच गैँडा हस्तान्तरण गर्ने विषयमा प्रारम्भिक सम्झौता भएको छ । चीनको गोन्जावोमा शनिबार आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल भट्टराई र चीनका तर्फबाट वाइल्ड लाइफ फ्लोरा इम्पोर्ट एन्ड एक्सपोर्ट म्यानेजमेन्ट अफिसका कार्यकारी निर्देशक मेङ्ग सिआनलिनले हस्ताक्षर गर्नुभएको वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ ।
हस्ताक्षर कार्यक्रममा नेपाल सरकारका तर्फबाट चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, वरिष्ठ पशु चिकित्सक कमलप्रसाद गैरे, त्रिभुवन विमानस्थलका भन्सार अधिकृत मानबहादुर पौडेल, वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीका स्वकीय सचिव कमलहरि जिसी र सहायक वन अधिकृत विश्व शेरचन सहभागी हुनुहुन्थ्यो ।
यसअघि नेपाली प्रतिनिधिमण्डल र चीन सरकार वन मन्त्रालयका भाइस एडमिनिस्ट्रेटिभ छेन छेङ्गजुसँग भेटवार्ता भएको थियो ।
यो भेटवार्तामा दुवै देशको वन तथा वातावरण तथा आपसी हितलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । नेपालले चीन सरकारको आग्रह बमोजिम चीनलाई दुई जोडी गैँडा उपहारस्वरुप प्रदान गर्ने निर्णय गरिसकेको छ ।
गैँडा हस्तान्तरणका विषयमा नेपाल र चीन सरकारबीच भएको प्रारम्भिक चरणको सम्झौता अत्यन्त सकारात्मक भएको वन तथा भू–संरक्षण मन्त्री भण्डारीको भनाइ छ । छिट्टै मन्त्रिस्तरीय सम्झौता हुने मन्त्रालयले जनाएको छ । रासस
सम्बन्धित सामग्रीहरु
-
भैँसी गर्भाधारण अनुसन्धान सफल : जुनसुकै मौसममा गर्भाधारण गराउन सकिने
चितवन, वैशाख १४ – नेपालमा भैँसीको न्यून प्रजनन क्षमताको समयमा बाली लगाउने प्रविधिको अनुसन्धान सफल भएको छ ।
-
‘केटो’लाई चीन पठाउने तयारी
चितवन, वैशाख १३ – चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैंडाको बच्चा (केटो) लाई चीन पठाउने तयारी गरेको छ ।
-
मौरी पालेरै वार्षिक १४ लाख आम्दानी – ‘पैसा कमाउन विदेश जानु पर्दैन’
बार्दली हालेको घर । वरिपरि मौरीका घारको चाङ । मुढे घारदेखि आधुनिक घारमा मौरीपालन । गाईभैँसीको गोठका झ्याल र बारीको डिलमा मौरीका घारको लस्कर । बेला बेलामा मौरीको हेरचाह ।
-
प्रतिकेजी १० हजार मूल्य पर्ने गुच्ची च्याउ टिप्न हुम्लीहरुको लर्को
हुम्ला, वैेशाख १२ – हुम्ला जिल्लाका वनमा गुच्ची च्याउ संकलन कार्य तीव्र भइरहेको छ ।
-
स्याउ फुलेर सेताम्मे (फोटो फिचर)
जुम्ला, वैशाख १ – जुम्लामा व्यवसायिक स्याउ खेती फष्टाउँदै गएको छ । डाँडा पाखामा पनि स्याउ रोप्ने होडबाजीले जुम्लामा स्याउ व्यवसाय फष्टाउँदै गएको छ ।
-
क्ले कोर्टमा नाडालको लगातार ४० औ जितकाे किर्तीमान
वैशाख १४ – शिर्ष बरियताका राफेल नाडाल स्पेनमा जारी बार्सिलोना ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन ।
- सात वर्षपछि मेसीले पाए आफ्नै नामको ‘ट्रेडमार्क चिन्ह’
- युरोपा लिगको सेमिफाइनमा आर्सनल र मड्रिड बराबरीमा
- भैँसी गर्भाधारण अनुसन्धान सफल : जुनसुकै मौसममा गर्भाधारण गराउन सकिने
- गेल फर्किए, युवराजलाई आराम
- ढाकाबाट आएका बस धुलिखेल पुगे
- गहभरी आँसु बनाउँदै गुरु कुमारले चेली कृपालाई बिदाई गरे
- पर्वतमा बस दुर्घटना : २१ जना घाइते
- नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
- डेथ ओभरमा धेरै रन दिनु बलरहरुको अपराध : कोहली
प्रतिक्रिया दिनुहोस