MENU

खेल

Ncell Axiata
USAID

लिभरपुललाई पछि पार्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

वैशाख ३ – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्यामप्टनलाई ३–० ले हराएर म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको हो । अवे मैदानमा भएको खेलमा सिटीलाई जिताउन विन्सेन्ट कम्पनी, लिरोय साने र सर्जियो अग्युरोले एक एक गोल गरे । पहिलो हाफमा गोलरहति बराबरी भएको खेलमा ५५ औं मिनेटमा कप्तान कम्पनीले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ७७ औं मिनेटमा साने तथा ८० औं मिनेटमा अग्युरोले गोल गरेपछि पेप गार्डिवलाको टिम ३–० ले विजयी भयो । जितपछि ३२ खेलबाट ६४ अंकसहित सिटी लिभरपुललाई पछि पारेर तेस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको ६३ अंक छ । सिटी दोस्रो स्थानको टोटनह्याम भन्दा सात तथा शीर्ष स्थानको चेल्सी भन्दा ११ अंकले पछि छ । राति नै भएका अरु खेलमा स्टोक सिटीले हल सिटी तथा एभर्टनले बर्नलीलाई समान ३–१ र वाट्फोर्डले स्वान्सी सिटीलाई १–० ले हरायो । लेस्टर सिटी र क्रिष्टल प्यालेस तथा सन्डरल्याण्ड र वेष्ट ह्यामले समान २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रोनाल्डोलाई बल छुन नै नदिने रणनीति

    असार १४ – चिलीले पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई बल सकेसम्म छुन नदिने रणनीति लिने भएको छ । चिलीले फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा बुधबार राति पोर्चुगलसँग खेल्दैछ ।

  • जर्मनी र स्पेन फाइनलमा

    असार १४ – जर्मनी र स्पेन २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको फाइनलमा आ–आफ्नो खेल जित्दै जर्मनी र स्पेनले उपाधि यात्रा तय गरेका हुन् ।

  • भारतका बुमराह र दक्षिण अफ्रिकाका ताहिरलाई पछि पार्दै पाकिस्तानका वासिम नम्बर एक

    पाकिस्तानका बाँया हाते स्पिनर इमाद वासिम आइसिसी ट्वेन्टी ट्वेन्टी बलरको वरियतामा नम्बर एकमा पुगेका छन् । यसअघि नम्बर एकमा रहेका दक्षिण अफ्रिकाका इमरान ताहिर तेस्रो र भारतका जसप्रित बुमराह दोस्रोमा छन् ।

  • दक्षिण कोरियाका मेस्सी

    दक्षिण कोरियाका ‘लियोनल मेस्सी’का रुपमा चिनिएका लि स्योङ वु सन् २०११ देखि बार्सिलोनामा छन् । तर अहिलेसम्म उनले बार्सिलोनाको ‘बि’ टिमबाट एक खेल खेल्न पाएका छन्, जसका कारण उनी आफ्नो करिअर एकै ठाउँमा अड्किएको भन्दै असन्तुष्ट छन् ।

  • रुसी फुटबल खेलाडीले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपः फिफा छानबिनमा

    असार १२ – विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसका खेलाडीले सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको भन्ने आरोपका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया