खेल
बिबिसी बिनाको रियल मड्रिडले जित्यो, अन्तिम समयमा गोल गर्ने इस्को नायक
- Sunday, Apr 16, 2017
- 07:57 AM ( 1 year ago )
- Total Views: 21.4 K
वैशाख ३ – अन्तिम समयमा इस्कोको गोलबाट जित निकालेको रियल मड्रिड स्पेनिस ला लिगाको उपाधी होडमा बलियो अवस्थामा छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले स्पोर्टिङ डी गिजोनलाई ३–२ ले हराएको हो । अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन इस्कोले दुई तथा एल्भारो मोराटाले एक गोल गरे ।
स्पोर्टिङका लागि डुजे कोप र मिकेल भेस्गाले एक एक गोल गरे । १४ औं मिनेटमा कोपले गोल गर्दै गिजोनलाई सुरुवाति अग्रता दिलाए । त्यसको तीन मिनेटपछि इस्कोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५० औं मिनेटमा भेस्गाले गोल गर्दै फेरि गिजोनलाई अग्रता दिलाए ।
त्यसको ९ मिनेटपछि मोराटाले रियलका लागि बराबरी गोल फर्काए । अन्तिम समयसम्म २–२ को बराबरी भएको खेलमा ९० औं मिनेटमा इस्कोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–२ को जित दिलाए । यो खेलमा गोलरक्षक केयिलर नावास तथा बिबिसी क्रिष्टियानो रोनाल्डो, करिम बेन्जिमा र ग्यारेथ बेललाई प्रशिक्षक जिनेदिन जिदानले आराम दिएका थिए ।
जितपछि शीर्ष स्थानको रियलले बार्सिलोनासँगको अंक दूरी तीन नै कायम गरेको छ । रियलको ३१ खेलबाट ७५ अंक भएको छ । राति नै भएको खेलमा रियल सोसिडाडलाई ३–२ ले हराएको बार्सिलोनाको ३२ खेलबाट ७२ अंक छ । ला लिगामा आउँदो आइतबार इएल क्लासिको अर्थात रियल मड्रिड र बार्सिलोनाबिच खेल हुनेछ ।
सम्बन्धित सामग्रीहरु
-
उत्कृष्ट लयमा रहेका गेललाई पञ्जाबले खेलाएन
वैशाख १० –जारी इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पञ्जाबले ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेकाे छ ।
-
पञ्जाबविरुद्ध दिल्लीले गर्याे पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्
वैशाख १० – दिल्ली डेयरडेभिल्सले आजको खेलमा घरेलु मैदानमा नेपाली बलर सन्दीप लामिछानेलाई उतार्ने आशा गरिएको थियो ।
-
सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ (भिडियोसहित)
वैशाख १० – आईपीएल क्रिकेटमा मैदानमा आफ्नो ब्याटको कमाल देखाइरहेका किंग्स इलाभेनका पञ्जाबका खेलाडी क्रिस गेल राम्रो डान्स पनि गर्दछन् ।
-
दक्षिण एशियाली जुडोकाे टिम इभेन्टमा भारत च्याम्पियन
वैशाख ९ – आठौं दक्षिण एशियाली जुडो प्रतियोगिताको टिम इभेन्टतर्फ महिला र पुरुष दुवैमा भारत च्याम्पियन बनेको छ । एकल स्पर्धामा पनि १० स्वर्ण जितेर भारत पहिलो भएको थियो ।
-
आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
इलाम, वैशाख १० ˗ अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
-
उत्कृष्ट लयमा रहेका गेललाई पञ्जाबले खेलाएन
वैशाख १० –जारी इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पञ्जाबले ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेकाे छ ।
- मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
- पञ्जाबविरुद्ध दिल्लीले गर्याे पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्
- सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ (भिडियोसहित)
- दक्षिण एशियाली जुडोकाे टिम इभेन्टमा भारत च्याम्पियन
- आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
- नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
- साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
- अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र
- ‘अता,पता, लापता’ ले डुबायो राजपाल यादवलाई, ६ महिना जेल
प्रतिक्रिया दिनुहोस