MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

तीन शताब्दी देखेकी एमाको ११७ वर्षमा निधन

वैशाख ३ – विश्वकै सबै भन्दा बढी उमेरका व्यक्तिको निधन भएको छ । इटालीकी एमा मोरेनोको एक सय १७ वर्षमा निधन भएको हो । उहाँ विश्वकै सबै भन्दा धेरै उमेर बाच्ने व्यक्ति हुनुहुन्छ । एमा १९ औं शताब्दीमा जन्मेर अहिलेसम्म जीवित रहेकी एक मात्र व्यक्ति मानिनु हुन्थ्यो । उहाँको जन्म सन् १८९९ को नोभेम्बर २९ मा भएको हो । उहाँ तीन शताब्दीसम्म बाच्नुभयो । अर्थात १९ औं शताब्दीको अन्त्यमा जन्मिएकी उहाँ २० औं शताब्दी पूरै बाँचे र २१ औं शताब्दीको पनि झण्डै १७ वर्ष बाच्नुभयो । उहाँको इटालीको उत्तरी शहर वेर्बानियामा रहेको घरमा निधन भएको बिबिसीले जनाएको छ । उहाँले दुई विश्व युद्ध तथा इटालीमा ९० भन्दा बढी सरकारको शासन देख्नुभयो । उहाँका एक मात्र छोराको निधन भइसकेको छ । आठ दिदीभाइमा जेठी एमाले आफ्नो लामो उमेरको कारण आमाबुवाबाट मिलेको जिन तथा दैनिक रुपमा खाने गरेको तीनवटा अण्डा रहेको बताउने गर्नुहुन्थ्यो । एमाकी आमा ९१ वर्षसम्म बाच्नुभएको थियो । यस्तै उहाँका बहिनीहरु पनि सय वर्ष भन्दा धेरै बाँचेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया