MENU

खेल

Ncell Axiata
chhaka panja

एथ्लेटिकोले जित्यो, रियल मड्रिड र बार्सिलोनालाई पछ्याउँदै

वैशाख ३ – रियल मड्रिड र बार्सिलोनालाई पछ्याइरहेको एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई ३–० ले हरायो । एथ्लेटिकोको जितमा यानिक काररास्कोले दुई तथा फिलिप लुइसले एक गोल गरे । ३० औं मिनेटमा काररास्कोले गोल गरेपछि एथ्लेटिकोले पहिलो हाफमा १–० को अग्रता लियो । ४७ औं मिनेटमा काररास्कोले अग्रता दोब्बर पारे । ६१ औं मिनेटमा लुइसले गोल गरेपछि एथ्लेटिको ३–० ले विजयी भयो । जित निकाले पनि एथ्लेटिकोले दुई पेनाल्टीमा गोल गर्न भने सकेन । दुई गोल गरेका काररास्को पेनाल्टीमा चुके भने थोमस पार्टीले पनि पेनाल्टीमा गोल गर्न सकेनन् । जितपछि तेस्रो स्थानको एथ्लेटिकोको ३२ खेलबाट ६५ अंक भएको छ । एथ्लेटिको चौथो स्थानको सेभिल्ला भन्दा चार अंकले अघि छ भने दोस्रो स्थानको बार्सिलोना भन्दा सात अंकले पछि छ । शीर्ष स्थानको रियल मड्रिडको एक खेल कम खेलेर पनि ७५ अंक छ । राति नै भएको अर्को खेलमा डिप्रोटिभो डी लाकोरुनाले मालागालाई २–० ले हरायो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया