MENU

खेल

Ncell Axiata
USAID

नेपाली समुदाय युएईले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न, नाफा भएको पैसा पीडितलाई सहयोग गरिने

वैशाख ३ – नेपाली समुदाय युएईले आयोजना गरेको भलिबल प्रतियोगितामा नेपाल भलिबल समुह आबुधाबी विजयी भएको छ । 

नयाँ वर्ष २०७४ को अवसरमा आयोजना गरिएको प्रतियोगिताको शुक्रबार भएको फाइनलमा नेपाल स्पोट्र्स क्लब दुवईलाई हराउँदै नेपाल भलिबल समुह विजेता भएको हो । दुवईस्थित नुजुल क्याम्पमा आयोजना गरिएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । आबुधाबिको हातेमालो समूहले तेश्रो स्थानमा चित्त बुझाउनु पर्‍यो ।

प्रतियोगिताको विजेता नेपाल भलिबल समुहले ट्रफीसँगै १३ सय दिर्हाम (झण्डै ४० हजार रुपैयाँ) प्राप्त गरेको छ । त्यस्तै उपविजेता नेपाल स्पोट्र्स क्लब दुवईले सात सय दिर्हाम (झण्डै २१ हजार रुपैयाँ) तथा आबुधाबिको हातेमालो समूह तेश्रो हुँदै झण्डै आठ हजार रुपैयाँ प्राप्त गरेको छ । 

विजेता एवं उपविजेता टिमलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र नेपाली समुदाय युएईका मुन प्रसाद गुरुङ, परम आनन्द, नविन खनाल, प्रदिप शाही ठकुरी , रघुनाथ ढुंगेल लगायतले वितरण गर्नु भएको थियो । 

प्रतियोगितामा सहभागी खेलाडी र दर्शकबिच गरिएको गोलाप्रथामा भाग्यशाली बन्दै महेन्द्र खत्रीले दुवई–काठमाडौंको हवाइ टिकट प्राप्त गर्नु भएको छ । 

दुई वर्षदेखि प्रवासी नेपालीको हितका लागि स्थापना गरिएको नेपाली समुदाय युएईको अगुवाईमा २५६१ औं बुद्ध जयन्तीको मनाउने तयारी समेत गरिएको महासचिव श्याम कृष्णले बताउनु भयो । 

प्रतियोगिताबाट नाफा भएको रकम हेटौंडाका हरिराम राना मगरको उपचारमा सहयोग गरिने खेलकूद संयोजक प्रदिप ठकुरीले बताउनु भयो । दुवईमा वेल्डिङको काम गरिरहेका बेला केमिकलको ड्रम विस्फोट हुँदा हरिराम घाइते हुनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रोनाल्डोलाई बल छुन नै नदिने रणनीति

    असार १४ – चिलीले पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई बल सकेसम्म छुन नदिने रणनीति लिने भएको छ । चिलीले फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा बुधबार राति पोर्चुगलसँग खेल्दैछ ।

  • जर्मनी र स्पेन फाइनलमा

    असार १४ – जर्मनी र स्पेन २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको फाइनलमा आ–आफ्नो खेल जित्दै जर्मनी र स्पेनले उपाधि यात्रा तय गरेका हुन् ।

  • भारतका बुमराह र दक्षिण अफ्रिकाका ताहिरलाई पछि पार्दै पाकिस्तानका वासिम नम्बर एक

    पाकिस्तानका बाँया हाते स्पिनर इमाद वासिम आइसिसी ट्वेन्टी ट्वेन्टी बलरको वरियतामा नम्बर एकमा पुगेका छन् । यसअघि नम्बर एकमा रहेका दक्षिण अफ्रिकाका इमरान ताहिर तेस्रो र भारतका जसप्रित बुमराह दोस्रोमा छन् ।

  • दक्षिण कोरियाका मेस्सी

    दक्षिण कोरियाका ‘लियोनल मेस्सी’का रुपमा चिनिएका लि स्योङ वु सन् २०११ देखि बार्सिलोनामा छन् । तर अहिलेसम्म उनले बार्सिलोनाको ‘बि’ टिमबाट एक खेल खेल्न पाएका छन्, जसका कारण उनी आफ्नो करिअर एकै ठाउँमा अड्किएको भन्दै असन्तुष्ट छन् ।

  • रुसी फुटबल खेलाडीले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपः फिफा छानबिनमा

    असार १२ – विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसका खेलाडीले सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको भन्ने आरोपका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया