MENU

मनोरञ्जन

Ncell Axiata
USAID

सिरियल शुटिङका लागि नेपालमा भारतीय कलाकार, नेपाली कलाकारले पनि गर्दैछन् काम

काठमाडौं, वैशाख ३ – इण्डोनेसियाली एक सिरियलको छायांकन अहिले नेपालको कास्की जिल्लामा रहेको धम्पुसमा भइरहेको छ । यस सिरियलमा नेपालका दुई कलाकारहरुले पनि काम गरिरहेका छन् । बासुदेव खनाल र रश्मी भट्ट यस सिरियलमा मुख्य कलाकारकै रुपमा छन् । त्यस्तै सिरियलमा भारतीय टेलिभिजना स्थापित र चलेका केही कलाकारहरु छन् ।  

सिरियलको छायांकनका लागि भारतीय टेलिभजनको दुनियामा इशानीको नामले परिचित अभिनेत्री राधिका मदान, रणवीरको नामले परिचित अभिनेता शक्ति अरोरा, सिरियल थपकी प्यारकीबाट धु्रुबका नामले परिचित भएका अभिनेता अंकित बटला, स्टार प्लसको सिरियल ‘वीरा’बाट वीराका नामले परिचित अभिनेत्री दिगंगना सूर्यवंशी, सिरियल उतरन, बन्धन, नागार्जुन लगायतमा काम गरिसकेका कलाकार मुर्नाल जैन लगायतका कलाकारहरु अहिले नेपाल आएका छन् ।  नेपालमा छायांकन भइरहेको यस सिरियलमा कलाकारहरुले आफूलाई सजिलो लाग्ने भाषाको प्रयोग गरिरहेको जानकारी छ । अर्थात नेपाली कलाकारले नेपली भाषाको प्रयोग गरिरहेका छन् भने भारतीय कलाकारहरुले हिन्दी भाषाको । तर पछि भने यसलाई  इण्डोनेशियाले आफ्नै भाषामा डबिङ गरेर प्रसारण गर्नेछ ।  यस सिरियललाई  श्रीधर  जेट्टीले निर्देशन गरिरहेका छन् । सिरियलमा अभिनेत्री रश्मी भट्ट अभिनेत्री राधिका मदानको माइजुको भूमिकामा छिन् । त्यस्तै अभिनेता बासुदेव खनाल  पनि यस सिरियलमा मुख्य भूमिकामै छन् । इन्डोनेशियाको चर्चित र ठूलो निर्माण कम्पनी मल्टिभिजन प्लस र नेपालको माउण्टेन रिभर फिल्मस्को सहकार्यमा यसको निर्माण भएको हो । स्रोतका अनुसार नेपालमा यस सिरियलका दुई भागको छायांकन हुनेछन् । तर पछि दर्शकले मन पराएको खण्डमा थप भागहरु शुटिङ गर्न पनि कलाकारहरु सहित निर्माण टोली नेपाल आउने छ । नेपालमा शुटिङ भएको यस सिरियलमा अभिनेत्री राधिका मदान नेपाली पोषाकमै देखिएकी छिन् । इन्डोनेशियाको ए एन टेलिभिजनले १ मे देखि यस सिरियललाई टेलिकास्ट गर्नेछ । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बलिउडका ‘बादशाह’ शाहरुख खानको २५ वर्षे बलिउड यात्रा

    असार ११ – सन् १९९२ मा चलचित्र दिवानासँगै बलिउड प्रवेश गरेका बलिउडका ‘बादशाह’ भनेर चिनिने अभिनेता शाहरुख खानले दिलवाले दुल्हनिया लेजाएंगे, कुछ कुछ होता हे, कभी खुसी कभी घम जस्ता हिट चलचित्र दिए ।

  • घर कडा भएकाले लभ गर्न पाइएन : प्रदिप खड्का

    अभिनेता प्रदिप खड्का अभिनित सिनेमा ‘प्रेम–गीत २’ साउन १३ गते रिलिज हुँदैछ । उनले आफ्नै प्रोडक्शन हाउसबाट बनेको सिनेमा “स्केप”बाट अभिनयको सुरुवात गरेका हुन् । डेब्यू सिनेमाबाट खासै चर्चा र सफलता नपाएका प्रदीपलाई दोस्रो सिनेमा ‘प्रेमगीत’ले परिचित गरायो । अझ भन्ने हो भने उनी यही सिनेमाबाट रातारात स्टार बनेका हुन् । अहिले ‘प्रेमगीत’को सिक्वेलको प्रमोसनमा हिँडेका प्रदिपले हामीसँग आफनो किशोरावस्थाको अनुभव बाँडेका छन् ।

  • बारुदको गोली बनाउने पहिलो नेपाली कलाकार जुँगे भट्टराई

    काठमाडौं, असार ११ – कलाकार उद्धव भट्टराईले आफ्नो पहिचान नै जुँगा बनाए । जुँगा पालेकै कारण उनलाई सबैले जुँगे भट्टराईका नामले चिन्न थाले र सम्बोधन पनि गर्न थाले ।

  • रोशनको एकल एल्बम ‘वन्ली यू’ विमोचित

    भक्तपुर, असार ११ – चौध वर्षको नियमित साधनापछि भक्तपुरका गायक रोशन धौभडेलको पहिलो एकल गीति एल्बम ‘वन्ली यू’ आज सार्वजनिक गरिएको छ ।

  • भोट माग्ने काइदाः लिम्बुदेखि देउडा गीतसम्म

    पहिलो चरणमा ठेट नेपाली भाषामा लोक दोहोरी गीत मार्फत भोट मागेको एमालेले अहिले देउडा, भोजपुरी, मैथीली लगायत भाषामा गीत बनाएर चुनावी प्रचारप्रचार संगीतमय बनाएको छ । एमालेलाई मधेस विरोधीको आरोप लागेकोले पनि मैथीली, अवधी र भोजपुरी भाषामा धेरै चुनावी गीत बनाएर प्रचार गरिरहेको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया