MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

यसरी मनाइयो रेडपाण्डाको जन्मदिन

हिमनाथ देवकोटा/उज्यालो ।

रसुवा, वैशाख ३ – दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि रसुवामा केक काटेर रेडपाण्डाको आठौं जन्मोत्सव मनाइएको छ । नौलो तरिकाले वन्यजन्तुको जन्मदिन मनाउदा वन्यजन्तुको संरक्षणमा समेत सहयोग पुग्ने देखेपछि गत वर्षदेखि रसुवामा रेडपाण्डाको जन्मोत्सव मनाउन सुरु गरिएको हो । २२ औं वन्यजन्तु सप्ताहको अवसरमा सञ्चालन गरिएको आठौं जिल्लास्तरीय रेडपाण्डा ट्रफी भलिवल प्रतियोगिताको अवसरमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले रेडपाण्डाको डमीलाई केके काटेर खुवाएर खेलको उद्धघाटन गर्नुभएको थियो । वैशाख १ गतेदेखि रसुवामा आठौं रेडपाण्डा ट्रफी भलिवल प्रतियोगिता र पाँचौ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन भैरहेको छ । प्रतियोगितामा जिल्लाका १७ वटा टिम सहभागी छन् । प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । जिल्ला समन्वय समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार ल्याकोसले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रमका लागि विभिन्न गैरसरकारी संस्था तथा जलविद्युत आयोजनाले सहयोग गरेका छन् । 

यसरी मनाइयो रेडपाण्डाको जन्मदिन

यसरी मनाइयो रेडपाण्डाको जन्मदिन

यसरी मनाइयो रेडपाण्डाको जन्मदिन

यसरी मनाइयो रेडपाण्डाको जन्मदिन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​उद्योगी र उखु किसानबीच सहमति

    सर्लाही, मंसिर २७ –उद्योगी र उखु किसानका प्रतिनिधिबीच गत वर्षकै न्यूनतम मूल्य रहने गरी उखु क्रसिङ सुरु गर्ने सहमति भएको छ ।

  • काठमाडौंमा आज यो वर्षकै कम तापक्रम

    काठमाडौं, मंसिर २७ – काठमाडौंमा बुधबार बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया