MENU

बातावरण-कृषि

Ncell Axiata

​पाटीगाउँ कागती पकेट क्षेत्र

विराटनगर, वैशाख ३ – जिल्ला कृषि विकास कार्यालय मोरङले जिल्लाको उत्तरी पहाडी क्षेत्र पाटीगाउँलाई कागती खेती पकेट क्षेत्र घोषणा गरेको छ । केराबारी गाउँपालिका–१ मा पर्ने  पाटीगाउँलाई कागती पकेट क्षेत्र बनाउँदै कागतीको लागि कार्यक्रम सुुरु गरिएको हो । 

जिल्ला कृषि विकास कार्यालय मोरङले किसानलाई लक्षित गरेर कागतीमा अनुदान तथा प्राविधिक सहयोग गर्नेगरी पकेट क्षेत्रको रुपमा कार्यक्रम गर्न लागेको जनाएको छ । व्यवसायिक कागती खेती पकेट क्षेत्र अभिमुखिकरण कार्यक्रममा बरिष्ठ कृषि अधिकृत मनोज यादवले पकेट क्षेत्र घोषणा गर्नुभयो । 

पाटीगाउँको मौसम कागती खेतीका लागि निकै उत्तम रहेकाले लामो समयदेखि कृषि कार्यालयले पाटीगाउँमा कागती खेती बिस्तारका विषयमा योजना बनाउँदै आएको थियो । कार्र्यलय प्रमुख यादवले कार्यालयको योजना अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा समेत पाटीगाउँ कागतीको पकेट क्षेत्रका लागि छनौटमा परेकाले अब कागतीको व्यवसायिक खेतीका लागि लाग्न कृषकहरुलाई आग्रह गर्नुभयो ।

पकेट क्षेत्रका लागि १० हेक्टर क्षेत्रफलमा व्यवसायिक कागती खेती बिस्तार गरिने छ । सुपर जोन र जोन कार्यक्रम सञ्चालनका लागि छुट्टै कार्यालय सञ्चालन गरिएको भएपनि ब्लक र पकेट क्षेत्रका लागि भने जिल्ला कृषि विकास कार्यालयहरुले नै गर्ने व्यवस्था गरिएको छ । त्यसै अनुसार मोरङमा ६५ वटा पकेट क्षेत्र बनाउने कार्य योजना बनाइएको छ । 

जसमध्ये पाटीगाउँ जिल्लाकै पहिलो कागती उत्पादन पकेट क्षेत्र हो । ६४ वटा पकेट क्षेत्र घोषणा हुन बाँकी नै छन् । किसानहरुले उत्पादन गरेको कागती जोगवनी हुँदै भारतसम्म जाने गरेको किसानहरुको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयले थालेको अभियानलाई किसानहरुले उत्साहका साथ लिएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया