MENU

खेल

Ncell Axiata

चेल्सीलाई लाग्यो उपाधि होडमा धक्का, म्यानचेस्टर युनाइटेडले लियो बदला

वैशाख ४ – इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीको उपाधि यात्रामा गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीललाई २–० ले हरायो । वल्ड ट्राफोर्डमा भएको खेलमा जोसे मोरिन्होको टिम क्लबका यो सिजनका सर्वाधिक गोलकर्ता जाल्टन इब्राहिमोविच बिना नै खेलेको थियो । मोरिन्होले इब्राहिमोविचलाई बेन्चमा राखेको खेलमा युनाइटेडलाई जिताउन मार्कस राफोर्ड र एन्डर हरेराले गोल  गरे । सातौं मिनेटमा नै राफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको युनाइटेडका लागि ४९ औं मिनेटमा हरेराले गोल गर्दै २–० को जित निश्चित गरे । युनाइटेड लिगका पछिल्ला २२ खेलमा अपराजित छ । यो सन् २०१०–११ को सिजनमा उसले २४ खेलमा अपराजित रहँदै बनाएको कीर्तिमानपछिको दोस्रो हो । यो सिजनको लिगमा यसअघि भएको चेल्सीसँगको खेलमा युनाइटेड पराजित भएको थियो भने एफकपको क्वाटरफाइनलमा पनि चेल्सीले हराएको थियो । तर लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै युनाइटेडले त्यसको बदला लिएको छ । यो खेलमा चेल्सीले एक पटक पनि पोस्ट प्रहार गर्न सकेन । सन् २००७ मा युनाइटेडसँगकै खेलमा एक पटक पनि पोस्ट प्रहार गर्न नसकेपछि चेल्सीले लिगमा पोस्ट प्रहार गर्न नसकेको यो पहिलो पटक हो । हारले उपाधि होडमा सबैभन्दा अघि रहेको चेल्सीको लिगका ६ खेल बाँकी हुँदा दोस्रो स्थानको टोटनह्यामसँगको अग्रता चार अंकमा झरेको छ । उसको ३२ खेलबाट ७५ अंक छ भने दोस्रो स्थानको टोटनह्यामको ७१ अंक छ । ३१ खेलबाट ६० अंक जोडेको युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ । उ चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया