MENU

समाज

Ncell Axiata
USAID

तेह्रथुम र पाँचथरमा यसरी हुँदैछ काम

अर्जुन पोख्रेल/उज्यालो ।

काठमाडौं, वैशाख ४ – १७ सय ८६ किलोमिटर लामो मध्यपहाडी लोकमार्गको सुरुवात बिन्दु हो, पाँचथरको चियोभञ्ज्याङ । मध्यपहाडी जिल्लाको सुरुवाती बिन्दु मानिएको जिल्ला पाँचथरमा पनि मध्यपहाडी लोकमार्गले चहलपहल थपेको छ ।

पाँचथरबाट सुरु हुने लोकमार्गले छिमेकी जिल्ला ताप्लेजुङ, धनकुटा र तेह्रथुममा समेत उत्साह बढाएको छ । खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै श्रृँखला अन्तर्गत पाँचथर र तेह्रथुमसहित पूर्वका जिल्लामा मध्यपहाडी लोकमार्गको प्रगति र यसको प्रभाव :

देशकै लामो १७ सय ८६ किलोमिटर सडक सुरु हुने जिल्ला भएकोले पाँचथरमा मध्यपहाडी लोकमार्गले छुट्टै खुशी दिएको छ । लक्ष्यअनुसारको काम भएकैले पनि गाउँगाउँमा धुलो उडाउँदै गाडी गुड्न थालेका छन् । अम्रिसो र अलैंचीको भण्डार रहेको पाँचथरका बासिन्दालाई एकैदिनमा तराइको झापासम्म पुग्ने मेलो मिलाइदिएको छ, मध्यपहाडी लोकमार्गले । भारतको सिक्किमसँग चियोभञ्ज्याङ जोडिएकोले व्यापारको नयाँ ढोका खुल्ने सम्भावना पनि बढेको छ ।
पाँचथरमा  १ सय १२ किलोमिटरमध्ये ४० किलोमिटर मेची राजमार्ग अन्तर्गत पहिला नै बनिसकेको छ । मेची राजमार्गको गणेशचोकदेखि चियोभञ्ज्याङसम्म बाँकी ७२ किलोमिटरमध्ये ९ किलोमिटर पिच भएको छ भने २९ किलोमिटर ग्राभेल गरिएको छ । बाँकी ठाउँमा ग्रावेल र विस्तारको काम भैरहको छ । यस्तै गणेशचोकबाट तेह्रथुमतर्फ को मपाँचथरमा पर्ने ११ किलोमिटर मध्य ११ किलोमिटर नै पिच भइसकेको छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगत पाँचथर खण्डमा पर्ने १२ वटा पुलमध्ये ६ वटा बनिसकेका छन् एउटा बन्दैछ र ५ वटाको ठेक्का आव्हान भइसकेको छ । पाँचथरको नार्गी थर्पु, फलैचा, च्याङथापु, लगायतका ठाउँ र ताप्लेजुङका आङखोक, सादेवा, कालिखोला लगायतका ठाउँका बासिन्दाले त झन मध्यपहाडी  लोकमार्गबाट  निकै लाभ लिइरहेका छन् । मध्यपहाडी लोकमार्ग बन्न थालेपछि पाँचथरबाट तराइतिर बसोबास गर्न झर्नेहरु पनि कमी भएका छन् ।

‘पहाडको यस्तो दुर्गम ठाउँमा मध्यपहाडी लोकमार्ग आएपछि नागरिकले निकै सुविधा उपभोग गरेका छन्, स्थानिय उत्पादनको बिक्रिवितिरणदेखि शिक्षा स्वास्थ्य सबै क्षेत्रमा मध्यपहाडीको प्रभाव देखिएको छ’ मध्यपहाडी लोकमार्ग अन्तरगत पाँचथरमा खटिएका इन्जिनियर भरत आचार्यले उज्यालोसँग भन्नुभयो, ‘पहिला सामान लिन डोको बोकेर दिनभर हिँड्नुपर्नेमा अहिले त निकै सुविधा भएको छ ।’

पाँचथरबाट तमोरमा बनेको पक्की पुल तरेर तेह्रथुमको माइटार लागिसेपछि पनि लोकमार्गले ल्याइदिएको उत्साह र चहलपहल मज्जाले देख्न पाइन्छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुममा ९२ किलोमिटर सडक पर्छ । कुनै साढे २ वर्षे अनि कुनै ३ वर्षे गरेर ११ वटा प्याकेजमा  ठेक्का पट्टा गरेर काम भइरहेकोले केही खण्ड पिच हुने चरणमा छ । भने २ वटा पुलको लागि पनि टेन्डर परिसेकेको छ ।

तेह्रथुमको आठराई क्षेत्रमा कतैबाट पनि सडक सञ्जाल नपुग्दा टापु जस्तो थियो, स्थानियबासिन्दाले निकै दुःख पाएका थिए । तर मध्यपहाडी लोकमार्ग बन्न थालेपछि पाँचथरको फिदिम र तेह्रथुमको सदरमुकाम फिदिम जान निकै सजिलो भएको छ । चुहानडाँडा, हलिमेला, ओयाकजुङ लगायतका ससाना वस्ती पनि बजार बनेका छन् । घडेरी बेचविखन हुन थालेका छन्  ।

तेह्रथुममा कतै कतै भने सामान्य विवाद देखिएपनि स्थानीय बासिन्दामा छाएको खुशीले विवाद ओझेलमा परेको छ । ‘केही ठाउँमा सामान्य विवाद भएपनि विकासलाई रोक्नुहुन्छ, काम गर्न दिनुपर्छ भनेर स्थानीयहरुबिच सहमती भएको छ’ तेह्रथुमका इन्जिनियर सुरेश बहादुर तुम्बाहाम्फे भन्नुभयो, ‘यसो गर्दा राम्रो हुन्थ्यो कि भनेर उहाँहरुले सुझाव मात्रै दिनुभएको हो, काम रोक्ने पक्षमा कोही छैन्, बजार क्षेत्रबाट केही परबाट बाटो लगिदिए हुन्थ्यो भन्ने केही परिवारको माग हो ।’ पाँचथर र तेह्रथुममा विकासका लहर ल्याउँदै मध्यपहाडी लोकमार्ग धनकुटाको हिले हुँदै भोजपुरतर्फ पुगेको छ । 

यो पनि पढ्नुहोस्

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै–१ : मेचीकाली जोड्ने लोकमार्गको यस्तो छ प्रगति

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया