MENU

खेल

Ncell Axiata

लिभरपुल फेरि माथि चढ्यो

वैशाख ४ – लिभरपुल फेरि इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै लिभरपुल फेरि तेस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिरमिनोले गरेको गोल नै निर्णायक बन्यो । जेम्स मिल्नरले प्रहार गरेको फ्रि–किक बललाई हेड मार्फत फिरमिनोले गोलमा परिणत गरेका हुन् । त्यसपछि अल्बेर्टो मोर्एनोले विपक्षी खेलाडी नभएको अवस्थामा पनि गोल गर्न सकेनन् । लिभरपुलको यो पछिल्ला सात खेलमा पाँचौं जित हो । वेष्ट ब्रोमको भने लगातार तेस्रो हार हो । जितपछि तेस्रो स्थानको लिभरपुलको ३३ खेलबाट ६६ अंक भएको छ । ४४ अंकसहित वेष्ट ब्रोम आठौं स्थानमा छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया