MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

आमा डायनाको निधनले आफ्नो मानसिक अवस्था गम्भीर धक्का लागेको ह्यारीको खुलासा

वैशाख ४ – बेलायतका राजकुरमा ह्यारीले आमा राजकुमारी डायनाको निधनले आफ्नो मानसिक अवस्थमा गम्भीर धक्का लागेको खुलासा गरेका छन् । राजकुमार विलियम तथा ह्यारीकी आमा राजकुमारी डायनाको २० वर्षअघि दुर्घटनामा परि निधन भएको थियो । त्यसबेला ह्यारी १२ वर्षका हुनुहुन्थ्यो । आमाको निधनले आफ्नो मानसिक अवस्था निकै नाजुक बनेको र त्यसबाट बाहिर निश्कनका लागि परामर्शदाताको सहयोग लिनुपरेको ह्यारीले बताउनुभएकाे छ । ह्यारीले दाइ विलियमको सल्लाहमा परामर्शदाताको सहयोग लिनुभएकाे हो । बेलायती पत्रिका डेली टेलिग्राफसँगको विशेष अन्तर्वार्ताको क्रममा राजकुमार ह्यारीले आमा डायनाको निधनले आफूले आफ्नो मानसिक अवस्थामा नियन्त्रण कामय गर्न नसकेको र बढी रिस उठ्ने समस्या आएको बताउनुभएको छ । २० वर्षको उमेरसम्म आफू निकै दुःखको अवस्थामा रहेको र दुई वर्ष त निकै अराजक अवस्थाको भएको ह्यारीले खुलासा गर्नुभएकाे हाे । तर अहिले आफू राम्रो अवस्थामा रहेको र त्यसको कारण आफूले पार गरेको समय तथा पक्रिया रहेको ह्यारीको भनाई छ । राजकुमार ह्यारी आफ्नो अनुभवले मानसिक स्वास्थ्य तथा समस्याका बारेमा रहँदै आएको गलत विचार परिवर्तन गर्न र आफूजस्तै अवस्थामा रहेका व्यक्तिलाई सहयोग हुने आशले विगतको बारेमा कुरा गर्न तयार भएको टेलिग्राफले जनाएको छ । ह्यारी दाइभाउजुसँगै अहिले मानसिक स्वास्थ्यको विषयमा जनचेतना जगाउने अभियानमा लाग्नुभएको छ । राजकुमार ह्यारीले टेलिग्राफका ब्रयोनी गोर्डनसँगको अन्तर्वार्ताको क्रममा भन्नुभयो ‘१२ वर्षको उमेरमा आमा गुमाउएको पीडाले मेरो सबै सम्वेदना अन्त्य गरेको थियो । यो क्रम म २० वर्षको हुने बेलासम्म रह्यो । यसको प्रभाव मेरो व्यक्तिगत जीवनमा मात्रै नभएर व्यवसायीक जीवनमा पनि पर्‍यो ।’ राजकुमारी डायनाको सन् १९९७ को अगस्टमा पेरिसमा एक कार दुर्घटनामा ज्यान गएको थियो । आफ्नो रिसमा नियन्त्रण गर्न बक्सिङले निकै सहयोग गरेको ह्यारीले बताउनुभएकाे छ । व्यक्तिगत जीवनमा प्रभाव परेको बताएपनि ह्यारीले आफ्ना पूर्वप्रेमिकाको बारेमा भने कुरा गर्नुभएन । उहाँले अहिले आफू निकै राम्रो अवस्थमा रहेको र आफ्नो बच्चा जन्माउन चाहेको बताउनुभयो । उहाँ आफ्नो अहिलेको प्रेमसम्बन्धका बारेमा पनि केही बोल्न चाहनुभएन । ह्यारी अहिले अमेरिकी अभिनेत्री मेगन मर्केलको प्रेमसम्बन्धमा हुनुहुन्छ । अहिले आफू व्यक्तिगत जीवनलाई गम्भीर रुपले लिन सक्ने भएको ह्यारीको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया