MENU

खेल

Ncell Axiata
USAID

डिपिएलः पारसले पुर्‍याए धनगढीलाई प्लेअफमा, कञ्चनपुर र अत्तरिया बाहिरिए

काठमाडौं, वैशाख ४ –  सुरुका तीन खेल हारेर पनि धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको प्लेअफमा पुगेको छ । अंक तालिकाको पुछारमा रहेको धनगढीले प्रतियोगितामा अपराजित रहेको रुपन्देहीलाई ६ विकेटले हराउँदै अन्तिम चारमा नाम लेखाएको हो । 

रुपन्देही च्यालेन्जर्सले दिएको ९२ रनको लक्ष्य धनगढीले ११ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । धनगढीका लागि कप्तान पारस खड्काले ४२ र पृथु बाँस्कोटाले नटआउट १५ रन बनाए । २१ बल खेलेका पारसले ७ चौका र २ छक्का प्रहार गरे । राजु रिजाल र अमर रौटेलाले १३/१३ रन बनाए । धनगढीका लागि साहब आलमले दुई तथा कृष्ण कार्की र दुर्गेश दत्तले एक एक विकेट लिए ।

यसअघिका खेलमा राम्रो प्रदर्शन गर्न नसकेको धनगढी र कप्तान पारस दुवैले सोमबार राम्रो प्रदर्शन गर्दै टिमलाई प्ले अफका लागि छनौट गर्न सफल भए । धनगढी प्लेअफमा छानिएसंगै ज्ञानेन्द्र मल्ल नेतृत्वको अत्तरिया र विनोद भण्डारी नेतृत्वकाे कञ्चनपुर अाइकाेनिक पहिलो चरणबाटै बाहिरिएका छन् ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो । उसका लागि प्रकाश केसीले ४९ र अन्तिम थापाले ११ रन बनाए । धनगढीका लागि ललित राजवंशीले चार तथा सौरभ खनाल र सुशन भारीले एक एक विकेट लिए । 

सोमबारको खेलसँगै प्लेअफको समिकरण पनि पूरा भएको छ । शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्स, शरद भेषावकर नेतृत्वको विराटनगर किङ्गस् र बसन्त रेग्मी कप्तानीमा रहेको काठमाण्डाैं गाेल्डेन्स यसअघि नै प्रतियोगिताको प्ले अफका लागि छनौट भइसकेका छन् । प्लेअफका खेल बुधबारदेखि हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सी भर्सेस रोनाल्डो : इएल क्लासिकोमा कसको गोल कति ?

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • मेस्सीको बायाँ खुट्टामा जादु

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • चेल्सीका कान्टे बने पिएफए वर्ष खेलाडी

    वैशाख ११ – चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् ।

  • म्यानचेस्टर युनाइटेडले जित्यो, घरेलु मैदानमै हार्‍यो लिभरपुल

    वैशाख ११ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २–० ले हराएको हो ।

  • आइपिएलमा बैंग्लोरको खराब कीर्तिमानः ९.४ ओभरमा ४९ रन

    वैशाख ११ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हराएको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया