MENU

मनोरञ्जन

Ncell Axiata
USAID

‘राधे’ र ‘घामपानी’ ले गरे करोड पार, ‘लभ लभ लभ’ ले हल पाएन

काठमाडौं, वैशाख ४ – निर्देशक दीपेन्द्र लामाको सिनेमा ‘घामपानी’ ले एक करोड ३१ लाखको ग्रश कलेक्शन गरेको छ । पहिलो दिन  काठमाडौंमा ३८ लाख र मोफसलमा ३३ लाखसहित ७१ लाख र दोस्रो दिन काठमाडौंमा ३० लाख र मोफसलमा २५ लाख गरी ५५ लाख ग्रस कलेक्शन गरेको सिनेमाले करोडको आंकडा पार गरेको छ । ‘घामपानी’ काठमाडौंमा ४० र मोफसलमा ३० वटा हलमा रिलिज भएको छ ।

त्यही दिन रिलिज भएको निखिल उप्रेती र प्रियंका कार्की अभिनित  सिनेमा ‘राधे’ पनि रिलिज भएको दुई दिनमा करोड क्लबमा प्रवेश गरेको छ । नयाँ वर्षको अवसर पारेर रिलिज भएको यस सिनेमाले पहिलो दिनमा ८५ लाख र दोस्रो दिन ४२ लाखको व्यापार गर्दै एक करोड २७ लाखको ग्रश कलेक्शन गरेको छ । ६५ लाख लगानी रहेको सिनेमाले लगानी उठाउनका लागि भने अझै ५० लाख माथिको ग्रस कलेक्शन गर्न बाँकी छ । 

‘लभ लभ लभ’ले हल नपाएको निर्देशकको गुनासो

वैशाख १ मै रिलिज भएको सिनेमा ‘लभ लभ लभ’ ले भने उपत्यका बाहिर रिलिज हुन नपाएर खासै राम्रो व्यापार गर्न सकेको छैन । तर सिनेमालाई जतिले हेरेका छन् सबैले राम्रो भएको प्रतिक्रिया भने दिएका छन् ।

काठमाडौंमा जम्मा २१ वटा मल्टिप्लेक्शमा रिलिज भएको यस सिनेमाले दुई दिनमा ३२ लाख मात्र ग्रस कलेक्शन गरेको जानकारी छ । उपत्यका बाहिर जम्मा दुईवटा हलमा सिनेमाले रिलिज हुने मौका पाएको थियो । वितरकहरु बिच भएको  खिचातानीले नै सिनेमा उपत्यका बाहिर रिलिज हुन समस्या भएको निर्देशकको भनाई छ ।

७० लाख भन्दा धेरै लगानी रहेको सिनेमालाई उपत्यका बाहिर दोस्रो हप्तामा रिलिज गर्ने सोच निर्माता तथा निर्देशकको छ । त्यस्तै यो सिनेमा वैशाख ३१ मा अष्ट्रेलियामा पनि रिलिज हुँदैछ । सिनेमाले नेपालमा नभए पनि विदेशमा प्रदर्शन गरेरै लगानी उठाउने भने पक्का छ । सिनेमामा सुरज पाण्डे र स्वस्तीमा खड्का मुख्य भूमिकामा छन् ।

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बलिउडका ‘बादशाह’ शाहरुख खानको २५ वर्षे बलिउड यात्रा

    असार ११ – सन् १९९२ मा चलचित्र दिवानासँगै बलिउड प्रवेश गरेका बलिउडका ‘बादशाह’ भनेर चिनिने अभिनेता शाहरुख खानले दिलवाले दुल्हनिया लेजाएंगे, कुछ कुछ होता हे, कभी खुसी कभी घम जस्ता हिट चलचित्र दिए ।

  • घर कडा भएकाले लभ गर्न पाइएन : प्रदिप खड्का

    अभिनेता प्रदिप खड्का अभिनित सिनेमा ‘प्रेम–गीत २’ साउन १३ गते रिलिज हुँदैछ । उनले आफ्नै प्रोडक्शन हाउसबाट बनेको सिनेमा “स्केप”बाट अभिनयको सुरुवात गरेका हुन् । डेब्यू सिनेमाबाट खासै चर्चा र सफलता नपाएका प्रदीपलाई दोस्रो सिनेमा ‘प्रेमगीत’ले परिचित गरायो । अझ भन्ने हो भने उनी यही सिनेमाबाट रातारात स्टार बनेका हुन् । अहिले ‘प्रेमगीत’को सिक्वेलको प्रमोसनमा हिँडेका प्रदिपले हामीसँग आफनो किशोरावस्थाको अनुभव बाँडेका छन् ।

  • बारुदको गोली बनाउने पहिलो नेपाली कलाकार जुँगे भट्टराई

    काठमाडौं, असार ११ – कलाकार उद्धव भट्टराईले आफ्नो पहिचान नै जुँगा बनाए । जुँगा पालेकै कारण उनलाई सबैले जुँगे भट्टराईका नामले चिन्न थाले र सम्बोधन पनि गर्न थाले ।

  • रोशनको एकल एल्बम ‘वन्ली यू’ विमोचित

    भक्तपुर, असार ११ – चौध वर्षको नियमित साधनापछि भक्तपुरका गायक रोशन धौभडेलको पहिलो एकल गीति एल्बम ‘वन्ली यू’ आज सार्वजनिक गरिएको छ ।

  • भोट माग्ने काइदाः लिम्बुदेखि देउडा गीतसम्म

    पहिलो चरणमा ठेट नेपाली भाषामा लोक दोहोरी गीत मार्फत भोट मागेको एमालेले अहिले देउडा, भोजपुरी, मैथीली लगायत भाषामा गीत बनाएर चुनावी प्रचारप्रचार संगीतमय बनाएको छ । एमालेलाई मधेस विरोधीको आरोप लागेकोले पनि मैथीली, अवधी र भोजपुरी भाषामा धेरै चुनावी गीत बनाएर प्रचार गरिरहेको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया