MENU

अर्थ

Ncell Axiata
USAID

एक सय ३५ वस्तु निर्यात

मोरङ, वैशाख ४ – विराटनगर भन्सार कार्यालयबाट एक सय ३५ वस्तु भारतलगायत तेस्रो देश निर्यात गरिएको छ ।भन्सार कार्यालयका सूचना अधिकारी शम्भु सापकोटाका अनुसार गएको आर्थिक वर्षमा अलैँची, पिना, भुस, चोकर, जडी बुटी, मुसुरोको दाल, सुपारीलगायतका १३५ वस्तुको निकासी पैठारी गरेको हो । 

सबैभन्दा बढी अलैँची निकासी भएको छ । साढे चार अबै रुपैयाँको अलैँची नेपालबाट विदेश निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । सबैभन्दा कम ९६ हजार बराबरको सुँगुर तथा अन्य जनावरको छाला निकासी भएको छ ।

पुराना लुगाफाटादेखि लिएर नयाँ गार्मेन्टका कपडा भारत निकासी भएको छ । निर्यात कम र आयात बढी हुनु देशकै समस्या भएको भन्सार एजेन्ट राजेश बोहोराको भनाई छ । 

भूकम्प र नाकाबन्दीले थिलथिलो भएको बेला समग्र देशको आर्थिक वृद्धिदर वृद्धि हुनु सकारात्मक रहेको अर्थविद् डा. अर्जुन बरालको भनाई छ । नेपालमा आयात बढी तर निकासी कम हुन्छ । सामान्य सियोदेखि खाने चामलसम्म आयात हुन्छ ।

तर आफ्नो देशमा उत्पादन कम हुने भएकाले निर्यात कम र आयात बढी हुने गरेको हो । त्यसैले आयात घटाउन र निर्यात बढाउन स्वदेशी उत्पादनमा जोड दिन आवश्यक छ । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया