MENU

खेल

Ncell Axiata
USAID

फुटबल खेलाडीको गोली हानी हत्या

वैशाख ४ – पानामाको राष्ट्रिय फुटबल टिमका एक खेलाडीको गोली हानी हत्या भएको छ । गएको महिना विश्वकप छनौट अन्तर्गत अमेरिकासँगको खेलमा खेलेका मिडफिल्डर एमिल्कर हेनरिक्युजको गोली लागेर ज्यान गएको हो । उनी ३३ वर्षका थिए । उनी उएभो कोलोनमा गोली लागेको अवस्थामा आइतबार भेटिएको र उपचारको क्रममा उनको ज्यान गएको फक्स स्फोर्टसले जनाएको छ । घटनामा अरु दुईजना पनि घाइते भएका छन् । उनले पानामाको राष्ट्रिय टिमबाट ७५ खेल खेलेका छन् । उनी विश्वकप २०१८ को छनौट अन्तर्गत गएको मार्च २८ मा अमेरिकासँगको खेलमा ८० औं मिनेटमा मैदान छिरेका थिए । यो खेलमा पानामा १–१ को बराबरीमा रोकिएको थियो । गोली हान्नेको खोजी भइरहेको स्थनीय अधिकारीले बताएका छन् । पानामाका राष्ट्रपतिले घटनाका दोषीलाई पक्राउ गर्न निर्देशन पनि दिनुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सी भर्सेस रोनाल्डो : इएल क्लासिकोमा कसको गोल कति ?

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • मेस्सीको बायाँ खुट्टामा जादु

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • चेल्सीका कान्टे बने पिएफए वर्ष खेलाडी

    वैशाख ११ – चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् ।

  • म्यानचेस्टर युनाइटेडले जित्यो, घरेलु मैदानमै हार्‍यो लिभरपुल

    वैशाख ११ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २–० ले हराएको हो ।

  • आइपिएलमा बैंग्लोरको खराब कीर्तिमानः ९.४ ओभरमा ४९ रन

    वैशाख ११ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हराएको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया