MENU

विचार/अनुभूति

राजाका बग्गी गुडाउन बनेको सडकमा ८ लाख गाडी, अनि हर्न निषेध ?

केशव अधिकारी – (पूर्व-डिआइजी) 

अल्प अध्ययन, अनुसन्धान तथा पक्षघात (प्यारालाइसिस) भएको सडक पूर्वाधारको उपस्थितिका बिच २०७४ वैशाख १ गतेबाट ध्वनि प्रदुषण कम गर्ने नाममा हर्न बजाउन प्रतिबन्ध लगाइएको छ । जसरी पनि कार्यान्वयन गरेरै छाड्छौँ भन्ने पदीय दम्भप्रति आफ्नो प्रतिरक्षा गर्नु पर्ने ट्राफिक प्रहरी माहाशाखा चुकेको देखियो । २००७ सालमा रामदलबाट सुरु भएको उपत्यकाको ट्राफिक ब्यवस्थापनको कार्य छ दशक पूरा भैसकेको छ । तत्कालिन राजा माहाराजाहरूका एक दर्जन जति बग्गी गुडाउन बनेका तत्कालिन उपत्यकाका सडकमा अहिले ८ लाख बढी सवारी साधन गुडिरहेका छन् ।

जिर्ण सडक तथा फुटपाथ, अदृश्य लेन तथा जेब्राक्रसहरु, दुर्लभ ओभरहेड ब्रिज, फ्लाई ओभर, सब–वे, अण्डरग्राउण्ड पास, अर्थरहित सडक बत्ति, अव्यबस्थित ढल तथा स्टेरिंगमा बस्ने बित्तिकै गन्तब्यसम्म पुग्दा ब्रेक हान्न नपरोस् भन्ने मानसिकता भएका सवारी चालकले पिरोलेको नागरिकको सडक दैनिकीमा उदघोष गरिएको यो प्रयोगको कार्यान्वयन चुनौतिपूर्ण देखिन्छ । ट्राफिक प्रहरीका अनुभवि अधिकृतहरू यो प्रयोग सफल नहुनेमा खुलेरै तर्क गर्छन् ।

मानवीय संबेदनशील अंगहरूमा ध्वनि प्रदुषणले डरलाग्दो जोखिम निम्त्याउने डब्लूएचओ को तथ्यांक छ । तर यी संक्रमण नियन्त्रणको प्रयास अहिलेको पूर्वाधारबाट सम्भव छैन । मन नपरेको अप्ठ्यारा विषय नेपाल प्रहरीलाई पन्छाउने बिगतको प्रवृत्ति यसपटक फेरि नेपाल प्रहरीले साक्षात्कार गर्नु परेको छ । 

प्रथम चरणमा अस्पताल तथा संबेदनशिल मानिएका स्थानहरूमा प्रयोगको रूपमा यो अभियान आएको भए सर्वत्र प्रशंसनीय मुद्दा हुन सक्थ्यो । गएको २० वर्षमा उपत्यकामा २० प्रतिशतले मात्र सडक निर्माण भएका छन् । यही अवधिमा १ सय २७ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । नेपालभर १२ सय प्रतिशतले सवारी थपिएका छन् । काठमाडौं उपत्यकाका सडकहरूमा हवाईजहाज बाहेक सबै सवारी गुडछन् । यो वास्तविक धरातलमा टेकेर आफू बिज्ञापित हुने सनक र लहड भन्दा नागरिकको आँखाले स्वीकृत गर्ने सम्भाब्य योजनाहरू पूरा गरी स्तुत्य होऔँ । 

(लेखक नेपाल प्रहरीका पूर्व डिआइजीसमेत रहनुभएका अधिकारीले २० महिना ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हाल्नुभएको थियो ।) 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया