MENU

समाज

Ncell Axiata

सुनले नदिएको खुशी ढुंगाले दियो

डिबी विष्ट/उज्यालो 

बझाङ, चैत ३१ – सुन व्यवसाय छोडेर मूर्ति व्यवसायमा लाग्नु भएका बझाङका एक व्यवसायीले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्न थालेका छन् । बझाङको खप्तड छान्ना गाँउपालिका–२ लामातोला फुलबारीका जय बहादुर सुनार २० वर्षदेखि गर्दै आउनुभएको सुन व्यवसाय छाडेर मूर्ति व्यवसायमा लाग्नुभयो । बझाङमा सुनका अन्य पसलहरु पनि खुल्न थालेपछि उहाँले व्यवसाय परिवर्तन गर्ने सोच बनाउनुभयो ।  । आफूसँग सानो सुनका गहना बनाउने सीप तथा कला भए पनि बजारका अन्य व्यवसायीसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि आफू मूर्तितर्फ आकर्षित भएको उहाँले बताउनुभयो । 

मूर्तिको व्यवसाय गर्न थालेपछि उहाँलाई सुन व्यवसाय भन्दा फाइला लाग्न थालेको छ । सुनारले भन्नुभयो ‘एक महिनामा ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ । एक मूर्ति बनाउन १५ दिन जति लाग्छ ।’

जय बहादुर सुनारका बुबाले सुनको व्यवसायसँग सँगै मूर्ति बनाउने गरेकाले आफू पनि मूर्तितर्फ आकर्षित भएको उहाँले बताउनुभयो । ‘म ढुङ्गा, काठ, सिमेन्टलगायतका मूर्ति बनाउँछु । अहिलेसम्म कृष्ण, शिव, सरस्वती, कालिका, भगवती, लक्ष्मी, गणेश, गौतम बुद्धलगायतका मूर्तिहरु बनाएको छु’ उहाँले भन्नुभयो ‘मूर्ति बनाइसकेपछि कत्रो मूर्ति छ, बनाउन कति समय लागेको छ ?, त्यसलाई मध्यनजर गरेर मूल्य निर्धारण गर्छु ।’ उहाँले बनाएका ढुङ्गाको एक मूर्ति १५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म बिक्रि हुने गरेको छ । त्यस्तै काठको मूर्ति पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म बिक्रि हुने गरेको उहाँले बताउनुभयो । 

बझाङमा मूर्ति बनाउने ढुङ्गाहरु प्रशस्त पाइने भएकाले पनि आफू यस पेसा प्रति आकर्षित भएको सुनाले बताउनुभयो । ढुङ्गा बाहेकका अन्य सामाग्री मात्र किन्नु पर्ने भएकाले पनि मूर्तिमा धेरै फाइदा हुने गरेको उहाँको अनुभव छ । सुनले नदिएको खुसी ढुंगाले दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया