MENU

खेल

Ncell Axiata
USAID

मेस्सी र रोनाल्डोमा लामपार्डले रोजे एक, को उत्कृष्ट ?

काठमाडौं, वैशाख ४ – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डामा को उत्कृष्ट फुटबलर भन्ने विवाद फुटबल जगतमा सबैभन्दा बढी चल्ने विवाद हो । दुबै निकै उत्कृष्ट खेलाडी भएको कुरामा कुनै विवाद छैन तर समर्थकहरु आफ्नो रोजाइ राम्रो भन्ने प्रमाणित गर्न अनेक उपाय अपनाउने गर्दछन् । 

दुबै विश्व फुटबलमा निकै उत्कृष्ट खेलाडी हुन् । रोनाल्डोले ४ पटक बालोन डिओर जितेका छन् भने मेस्सीले ५ पटक । मेस्सीले अहिलेसम्म ५ सय ५६ गोल गरेका छन् भने रोनाल्डोले ५ सय ८६ गोल । यो सिजनको ४४ खेलमा मेस्सीले ४५ गोल र १४ एसिस्ट गरेका छन् भने रोनाल्डोले खेलेका ३७ खेलमा २८ गोल र १२ एसिस्ट गरेका छन् । 

विश्व फुटबलमा बार्सिलोना र रियल मड्रिडबिचको खेल सर्वाधिक हेरिने खेलकुदमध्ये एक पनि हो । फुटबल पण्डितदेखि समर्थकसम्म एकअर्काको तारिफमा निकै समय खर्चने गर्दछन् । यस्तोमा चेल्सी लिजेन्ड फ्र्याङ्क लामपार्डले मेस्सी र रोनाल्डोबिच को राम्रो भन्ने आफ्नो भनाई राखेका छन् । 

मोडर्न फुटबलबारे कुराकानी गर्ने क्रममा मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्नेबारे उनले भने, ‘केही थोरै फरकमा मेस्सी उत्कृष्ट छन् । मेस्सी र रोनाल्डो फुटबलका असाधारण प्रतिभा हुन् । तर मेरो विचारमा व्यक्तिगत क्षमताका आधारमा मेस्सी उत्कृष्ट छन् ।’ उनले अघि थपे, ‘मेस्सीको उत्कृष्टताको नजिक पुग्न पनि निकै कठीन छ, उनी अहिलेसम्मकै उत्कृष्ट फुटबलर हुन् ।’ 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • इएल क्लासिको इतिहास: ला लिगामा रियलअघि, समग्रमा बार्सिलोना

    वैशाख १० – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति निकै महत्वपूर्ण खेल हुँदैछ, इएल क्लासिको । रियल मड्रिड र बार्सिलोनाबिचको खेललाई इएल क्लासिकोको रुपमा चिन्ने गरिन्छ । यो खेल विश्व फुटबलमा निकै महत्वपूर्ण र चासोको खेल बन्छ ।

  • म्यानचेस्टर युनाइटेड समस्यामा, इब्राहिमोविच खेल्न नसक्ने

    वैशाख १० – सिजनको अन्तिम तथा महत्वपूर्ण खेल बाँकी रहेका बेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड समस्यामा परेको छ । क्लबको यो सिजनका सर्वाधिक गोलकर्ता स्ट्राइकर जाल्टन इब्राहिमोविच तथा डिफेन्डर मार्कस रोजो घुँडाको चोटका कारण सिजनका बाँकी खेलमा मैदान बाहिर रहने भएका छन् ।

  • इएल क्लासिको : प्रशिक्षणमा प्रतिबन्धित नेइमार

    वैशाख १० – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति निकै महत्वपूर्ण खेल हुँदैछ, इएल क्लासिको । रियल मड्रिड र बार्सिलोनाबिचको खेललाई इएल क्लासिकोको रुपमा चिन्ने गरिन्छ ।

  • चेल्सी पुग्यो फाइनलमा, टोटनह्यामलाई लाग्यो धक्का

    वैशाख १० – चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको सेमिफाइनलमा प्रिमियर लिग लिडर चेल्सीले दोस्रो स्थानमा रहेको टोटनह्यामलाई ४–२ ले हराएर एफए कपको फाइनलमा स्थान पक्का गरेको हो ।

  • २ रेड कार्ड, ८ गोल

    वैशाख १० – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा बोर्नमाउथ, हल सिटी र स्वान्सी सिटी विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले १० खेलाडीमा सीमित भएको मडिल्सबर्गलाई ४–० ले हराएको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया