MENU

खेल

Ncell Axiata
USAID

आइपिएल : रोमाञ्चक खेलमा कोलकत्ता विजयी, दिल्ली ४ विकेटले पराजित

काठमाडौं, वैशाख ४ – इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । कोलकत्ताले दिल्ली डेयर डेभिल्सलाई ४ विकेटले हराएको हो । 

अन्तिम ओभरमा ८ रन आवश्यकता हुँदा अमित मिश्राले पहिलो बल डट, दोस्रो बलमा विकेट लिएका थिए । क्रिक्स वोक्स आउट भएपछि दबाबमा परेको कोलकत्ताका लागि मनिष पाण्डेले तेस्रो बलमा छक्का हानेर जित सुनिश्चित गराए ।

दिल्लीले दिएको १ सय ६९ रनको लक्ष्य कोलकोताले अन्तिम ओभरमा एक बल बाँकी छँदै ६ विकेट जाँदा भेट्टाएको हो । 
कोलकत्तालाई जिताउन मनिष पाण्डेले सर्वाधिक नटआउट ६९ रन बनाए । ४९ बल खेलेका उनले ४ चौका र तीन छक्का हानेका दिए । यस्तै युसुफ पठानले ३९ बलमा ५९ रन बनाए । उनीहरुले १ सय १० रनको साझेदारी गरेका थिए । यस्तै ओपनर गौतम गम्भिरले १४ रन बनाए ।  

दिल्लीका कप्तान जाहिर खान र प्याट कुमिन्सले दुई दुई साथै क्रिस मोरिस र अमित मिश्राले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ६८ रन बनाएको थियो । उसका लागि सन्जु स्यामसनले २५ बलमा ३९, रिसभ पन्तले १६ बलमा ३८, श्रेयास ऐयरले १७ बलमा २६ तथा करुण नायरले २७ बलमा २१ र साम विलिङ्सले १७ बलमा २१ रन बनाए । कोलकत्ताका नाथन नीलले ३ विकेट लिए । यस्तै क्रिक्स वेक्स, उमेश यादव र सुनिल नारायनले एक एक विकेट लिए ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सी भर्सेस रोनाल्डो : इएल क्लासिकोमा कसको गोल कति ?

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • मेस्सीको बायाँ खुट्टामा जादु

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • चेल्सीका कान्टे बने पिएफए वर्ष खेलाडी

    वैशाख ११ – चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् ।

  • म्यानचेस्टर युनाइटेडले जित्यो, घरेलु मैदानमै हार्‍यो लिभरपुल

    वैशाख ११ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २–० ले हराएको हो ।

  • आइपिएलमा बैंग्लोरको खराब कीर्तिमानः ९.४ ओभरमा ४९ रन

    वैशाख ११ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हराएको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया