MENU

खेल

Ncell Axiata
sagun

आइपिएलः रोमाञ्चक खेलमा हैदरावादले जित्यो, पञ्जाब ३ रले पराजित

वैशाख ५ – इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत सोमबार रातिको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । रोमाञ्चक खेलमा उसले आफ्नो घरेलु मैदानमा किंग्स इलेभेन पञ्जाबलाई ६ रनले हरायो । ५ खेलमा तेश्रो जित हात पारेको हैदरावाद तेश्रो स्थानमा उक्लिएको छ । पराजित पञ्जाब भने ४ अंकसहित पाँचौ स्थानमा छ । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । पञ्जाबका मनन् बोहोराले ५० बलमा ९० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । उनले ९ चौका र ५ छक्का हानेका थिए । बोहोर पछि धेरै रन बनाउनेमा इयान मोर्गन रहे । उनले १७ बलमा जम्मा १३ रन मात्र बनाए । हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए । टस हारेर पनि पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । उसका लागि डेबिड वार्नरले नट आउट ७० रन बनाए । ५४ बल खेलेका उनले ७ चौका र २ छक्का हाने । नमन ओझाले २० बलमा ३४ रन बनाए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया