MENU

खेल

Ncell Axiata
chhaka panja

३४ वर्षपछि प्रिमियर लिगमा फर्कियो ब्राइटन

वैशाख ५ – च्याम्पियनसिप लिडर ब्राइटन प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको खेलमा विगानलाई २–१ ले हराउँदै ब्राइटनले प्रिमियर लिगमा स्थान पक्का गरेको हो । ब्राइटनको जितमा ग्लेन मुर्रे र सोल्ली मार्चले गोल गरे । विगानका लागि निक पोवेलले एक गोल फर्काए । जितसँगै ब्राइटन ३४ वर्षपछि फेरि प्रिमियर लिगमा फर्किएको हो । ब्राइटन सन् १९८२–८३ को सिजनमा रेलिगेशनमा परेपछि पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको हो । उसले आउँदो सिजन बेलायको शीर्ष डिभिजन प्रिमियर लिगमा खेल्ने छ । ब्राइटनले बाँकी तीन खेलमा एक खेल जित्यो भने च्याम्पियनसिपको उपाधि पनि जित्ने छ । शीर्ष स्थानको ब्राइटनको ४३ खेलबाट ९२ अंक भएको छ । दोस्रो स्थानको न्युक्यासलको ८५ अंक भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया