MENU

समाज

Ncell Axiata
USAID

परिवर्तनको ढोका खोल्दै मध्यपहाडी लोकमार्ग

खोटाङ, वैशाख ५ – मध्यपहाडी लोकमार्गले पूर्वी पहाडी जिल्लामा संवृद्धीको ढोका खुल्न थालेको छ । अहिले निर्माणाधिन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गका कारण खोटाङ, भोजपुर, ओखलढुंगा लगायतका पहाडी जिल्लामा भौतिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनको ढोका खुल्दै गएका छन् । पहाडका गाउँ र शहरलाई नजिक बनाएको लोकमार्गले जिल्लाका किसानलाई कृषि लगायतका उत्पादनमा थप उत्साहित बनाएको छ । श्रम गरेपनि बजार नपाउने किसानको समस्या क्रमशः घट्दो छ । संवृद्धीका ढोका बिस्तारै खुल्दैछन् । मध्यपहाडी लोकमार्गका आसपासमा बजार र बस्ती केन्द्रित हुने क्रम बढ्दो छ । जनजीवन सहज बन्दै छन् । शिक्षा र स्वास्थ्यमा गाउँलेको पहुँच बढाउन सघाउ पुर्‍याइरहेको छ । बसाईं सर्ने क्रममा कमी आउन थालेको छ । मध्यपहाडी लोकमार्गले जिल्लाको संबृद्धि र स्थानीयबासिन्दाको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको जिल्ला विकास समिति खोटाङका पूर्व सभापति विष्णुकुमार राईले बताउनुहुन्छ । 

कालोपत्रेको चरणमा रहेको मध्यपहाडी लोकमार्गले पूर्व–पश्चिमका पहाडी जिल्लालाई एउटै मालामा उनेको छ । यातायातको सहजताका कारण पहाडमै काष्ठ, जडिबुटीजन्य उद्योग खुल्नेक्रम सुरु भएको छ । लोकमार्गले दुर्गम गाउँ र राजधानी काठमाण्डौंको दुरीलाई नजिक मात्र बनाएको छैन, गाउँ–गाउँका किसानले उत्पादन गरेका ईस्कुसदेखि अलैँचीसम्मका कृषि उत्पादनलाई तराईसम्म पुर्‍याउने सहज बाटो खुला गरेको झिसेपु अर्गानिक कृषि फर्म दिक्तेलका सञ्चालक धर्मराज राईले बताउनुभयो ।

‘मध्य पहाडी लोकमार्गले पहाडी क्षेत्रमा सम्भावना नै सम्भावनाको ढोका खोलेको छ,’ रुपाकोट मझुवागढी नगरपालिका–४ का युवा दिपेन्द्र राईले भन्नुभयो, ‘पहाडलाई पनि शहरझैँ सुविधा सम्पन्न बनाउनमा लोकमार्ग महत्वपूर्ण भूमिका रहन्छ ।’ 

निर्माणाधिन अवस्थाको लोकमार्ग हुँदै आएका पर्यटक तथा दर्शनार्थीका कारण प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसी केही समय यता व्यस्त बन्न थालेको छ । हलेसीमा सुविधा सम्पन्न होटलहरु खुल्नेक्रम बढ्दो छ । हलेसीमा दैनिकजसो पर्यटक र दर्शनार्थीको घुइँचो लाग्न थालेको हलेसी महादेबस्थान विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल बताउनुहुन्छ । 

लोकमार्गको काम सुस्त 

मध्यपहाडी लोकमार्गको जयरामघाटदेखि चखेवाभञ्ज्याङसम्मको झण्डै ११९ किलोमिटर खण्ड खोटाङभित्र पर्छ । अहिले यो सडक खण्डलाई जयराम–हलेसी, हलेसी–दिक्तेल र दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा बिभाजन गरेर कालोपत्रेका विभिन्न चरणका काम भइरहेको छ । सूर्य कन्ट्रक्सन, रौता कन्ट्रक्सन, लामा नागार्जुन त्रिशुली लगायतका ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सडकको कालोपत्रेका काम अपेक्षित गतिमा हुन नसकेको हलेसी तुवाचुङ नगरपालिका–४ का युवा तुलसी तिलुङ खम्बूले बताउनुभयो ।

यस्तै मध्यपहाडी लोकमार्गको दिक्तेल–जयराम सडक कालोपत्रेका काम गर्ने अवधि केही महिना पछि सकिँदैछ । दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रेका काम पनि सुस्त गतिमा भइरहेको छ । मध्यपहाडी लोकमार्गभित्रै पर्ने खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामको दुधकोसी पुल म्याद नाघेको चार वर्ष बित्दा समेत पूरा हुन सकेको छैन । 

मध्यपहाडी लोकमार्गले संबृद्धिको ढोका खोल्न थाले पनि यसको गुणस्तरका विषयमा पनि प्रश्न उठिरहेको छ । कामको जिम्मा लिएका मूख्य ठेकेदारले बढि नाफा कमाउने उद्देश्यले काम गर्दा र विभिन्न पेटी ठेकेदारलाई काम जिम्मा दिँदा कालोपत्रेका काम गुणस्तरहिन भइरहेको जनगुनासो छ । सडकको पर्खाल र ढल निर्माणकाक्रममा सिमेन्ट, बालुवा र गिटीको मात्रा नमिलाएको, कमसल गिटी प्रयोग गरिएको, मसला बनाउन फोहोर र धमिलो पानी उपयोग गरिएको पुर्व सांसद कुलप्रसाद फुयाँलले बताउनुभयो । 

मध्यपहाडी लोकमार्गका तिनै सडक र पुल निर्माणका कामलाई चाँडो र गुणस्तरियरुपमा पूरा गर्न सबैको ध्यान पुगे स्वतःस्फुर्तरुपमा बिकासका ढोका खुल्ने पूर्व जिविस सभापति राईको भनाई छ । 

यो पनि पढ्नुहोस्

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै–२ : तेह्रथुम र पाँचथरमा यसरी हुँदैछ काम

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै–१ : मेचीकाली जोड्ने लोकमार्गको यस्तो छ प्रगति

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया