MENU

खेल

Ncell Axiata
USAID

चेल्सीका कप्तान टेरीले क्लब छोड्ने

वैशाख ५ – इंग्लिस क्लब चेल्सीका कप्तान जोन टेरीले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने भएका छन् । झण्डै दुई दशकदेखि चेल्सीमा रहेका टेरीले यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरेका हुन् । सन् १९९८ मा डेब्यु गरेका टेरीले अहिलेसम्म सबै प्रतियोगितामा गरेर चेल्सीबाट सात सय ७१३ खेल खेलेका छन् । त्यसमध्ये ५७८ खेलमा कप्तानको भूमिकामा खेलेका छन् । उनी चेल्सीका सबै भन्दा बढी सफल खेलाडीका रुपमा रहेका छन् । उनले चारपटक प्रिमियर लिगको उपाधि जितेका छन् । यस्तै उनले एकपटक च्याम्पियन्स लिग, पाँचपटक एफए कप, एक पटक युरोपा लिग र तीनपटक लिग कपको उपाधि चेल्सीबाट जितेका छन् । क्लब छोड्ने निर्णय गर्दै टेरीले आफूलाई अझै पनि मैदानमा धेरै अवसर रहेको तर चेल्सीमा ती अवसर सीमित बन्दै गएको बताए । ३६ वर्षका टेरी १४ वर्षको हुँदा चेल्सीमा आएका थिए । उनले अहिलेसम्म क्लबबाट ६६ गोल गरेका छन् । यो सिजन उनले अहिलेसम्म प्रिमियर लिगका चार खेलमा मात्रै खेल्न पाएका छन् । उनले १७ वर्षको हुँदा लिग कपको खेलबाट चेल्सीबाट डेब्यु गरेका थिए । १९ वर्षको अवधिमा उनले प्रिमियर लिगमा ४० गोल गरेका छन् । उनले खेल जीवनको धेरै समय चेल्सीमै बिताएका छन् । उनी सन् २००० मा लोनमा नोनिङहम फरेस्टबाट खेलेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया