MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

विश्व सम्पदा सूचिमा रहेका धेरै क्षेत्र जोखिममा

वैशाख ५ – चोरी–शिकार, अवैध रुपमा गरिने प्रवेश तथा अरु विभिन्न मानवीय कारणले विश्वका मत्वपूर्ण प्राकृतिक केन्द्र तथा त्यहाँ रहेका जीवजन्तु तथा वनस्पति जोखिममा परेको एक अध्ययनले देखाएको छ । वन्यजन्तुसँग सम्बन्धित अपराधका कारण विश्वसम्पदा सूचिमा रहेका आधा भन्दा बढी क्षेत्र निकै जोखिममा परेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले जनाएको छ । विश्व सम्पदा सूचिमा रहेका दुई सय भन्दा बढी प्राकृतिक क्षेत्रमा वन्यजन्तु अपराधि अर्थात चोर तथा शिकारी सक्रिय रहेको डब्लुडब्लुएफले जनाएको छ । यसका कारण लोप हुने जोखिमा रहेका एक सिंगे गैँडा र बाघको संरक्षणमा समस्या भएको छ ।

वन्युजन्तुको चोरी–शिकारमा संलग्नको विश्वव्यापी सञ्जाल रहेकाले त्यसलाई तोड्नु सबै भन्दा चुनौतीको कुरा रहेको संरक्षणकर्मीले बताएका छन् । चोरी–शिकारमा संलग्नको विश्वव्यापी सञ्जाल तोड्न सके मात्रै संरक्षणमा भने जस्तो सफलता हात लाग्न सक्ने उनीहरुको भनाई छ । डब्लुडब्लुएफले साइटिसको सूचिमा जोखिमको सूचिमा रहेका वन्यजन्तुको अवस्थाका बारेमा गरेको अध्ययनबाट पछिल्लो समय थप समस्या रहेको देखिएको हो । एक सिंगे गैँडा, पाटे बाघ तथा अफ्रिकन हात्ती बढी जोखिम रहेका छन् ।

सन् १९७० देखि २०१२ को बिचमा विश्वमा वन्यजन्तुको संख्या विश्वभरमा ६० प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै अवैध बल्छी थाप्ने तथा विषादी प्रयोग गर्दा पानीजन्य जीवजन्तुको संरक्षणमा पनि खतरा उत्पन्न भएको छ । हरेक वर्ष जीवजन्तु तथा पनस्पतिको १९ अर्ब अमेरिकी डलर बराबरको कारोबार हुने गरेको देखिएको छ । विश्वमा भइरहेका काठको कारोबार वन फडानिको मुख्य कारण रहेको पनि डब्लुडब्लुएफले जनाएको छ । वन फडानीको ९० प्रतिशत भन्दा बढी कारण काठको अवैध कारोबार रहेको उल्लेख गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया