MENU

अर्थ

Ncell Axiata
USAID

झण्डै ४० अंकले घट्यो नेप्से

काठमाडौं, वैशाख ५ – शेयरबजार परिसुचक नेप्से मंगलबार झण्डै ४० अंकले घटेको छ । नयाँ वर्ष लागेपछि कारोबार भएको दोश्रो दिन मंगलबार नेप्से ३९ दशमलव ५७ अंकले घटेर १६ सय १२ विन्दुमा आइपुगेको हो । 

मंगलबार उत्पादन बाहेकका सबै समूह घटेको दिन सबैभन्दा धेरै बीमा समूह १ सय ८४ भन्दा बढी, जलविद्युत ७१ भन्दा बढी, होटल ४६ भन्दा बढी, बैकिङ समूह ४४ र विकास बैक समूह झण्डै ३९ अंकले ओरालो लागेको हो । 

मंगलबार उत्पादन समूह भने झण्डै ९ अंकले बढेको छ । समग्र नेप्से घटेपनि मंगलबार डेढ अर्ब भन्दा बढीको कारोबार भएको छ । सबैभन्दा बढी एभरेष्ट बैकको शेयर ७ करोड २७ लाखभन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया