MENU

अर्थ

Ncell Axiata
USAID

युएईमा रहेका आप्रवासीले पैसा पठाउन महँगो शुल्क तिर्नु पर्ने

वैशाख ५ – यो हप्ता देखि युएईमा रहेका आप्रवासीले पैसा पठाउन महँगो मूल्य तिर्नु पर्ने भएको छ । गल्फन्युजका अनुसार मुख्य मुद्रा विनियम गृहले १५ अप्रिल अर्थात वैशाख २ गते देखि पैसा पठाउँदा लाग्ने शुल्क बढाएको हो । 

आबुधाबीका विभिन्न मुद्रा विनिमय गृहका कर्मचारीका अनुसार आप्रवासीले अब एक हजार दिर्हाम भन्दा बढी बैंक स्थानान्तरणका लागि २२ दिर्हाम तिर्नुपर्छ । त्यस्तै हरेक ट्रान्जेक्सनमा दुई दिर्हाम बढाइएको छ । 

यस अघि एक हजार दिर्हाम बैंक स्थानान्तरणका लागि १५ दिर्हाम शुल्क लिइन्थ्यो । अहिले त्यो शुल्क बढाएर १६ दिर्हाम बनाइएको छ । मुद्रा विनिमय गृहले पछिल्लो पटक सन् २०१४ जनवरीमा शुल्क संशोधन गरेको थियो । 

नगद पठाउने प्रवासी प्रभावित हुँदैनन्

शुल्क वृद्धिले ‘पे डे’ मा घर पैसा पठाउने प्रवासीलाई भने असर नपर्ने बताइएको छ । युएईमा प्रेषण सेवा प्रदाताले एकदेखि दुई दिर्हामसम्म पठाइएको पैसा र लेनदेनलाई हेरेर शुल्क बढाएको थियो । 

युएईका प्रमुख एक्सचेन्ज हाउसका एक वरिष्ठ अधिकारीले सामान्य रूपमा वेस्टर्न युनियनजस्ता अपरेटरमार्फत ‘क्यास टु क्यास रेमिट्यान्स सर्भिस’ (नगद पठाउने सेवा) का आधारमा वृद्धि नगरिएको बताए ।

यो नयाँ नियम बैंक खाता मार्फत रुपैयाँ पठाउनेका लागि मात्र लागु गरिएको हो । यो विकल्प सामान्यदेखि मझौला कमाइ गर्नेले थोरै मात्रामा उपयोग गर्ने विश्वास गरिएको छ ।

५० प्रतिशत भन्दा कम व्यक्तिले बैंक खाता मार्फत रकम पठाउने गरेको एक्सप्रेस मनीका सधिश गिरियान बताउँछन् । 

विश्व बैंकको तथ्यांक अनुसार युएईमा मनी ट्रान्सफर शुल्क अन्य देशमा भन्दा सहुलियत रहेको छ । उदाहरणका लागि नयाँ २२ दिर्हाम शुल्क स्थानान्तरित स्रोतको २ प्रतिशत भन्दा कम हो । जो विश्वको औसत (ग्लोबल एमरेज) भन्दा निकै थोरै छ ।

“प्रेषणको लागतको मामिलामा युएई सबैभन्दा सस्तो मध्ये एक हो ।” गिरियनले भने, “शुल्कको यो सामान्य वृद्धिसँगै पनि सस्तो देशमध्ये एउटा पर्छ ।”

विश्व बैंकको तथ्यांक अनुसार युएईको प्रेषण मूल्य अहिले पनि विश्वमा सबैभन्दा थोरै हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया