MENU

मनोरञ्जन

Ncell Axiata

मध्यरातमा ओछ्यानबाटै हराएका डेढ वर्षका बालक खोलामा सकुशल भेटिए

धादिङ, वैशाख ५ – धादिङको वेनिघाटरोराङ गाउँपालिका-३ बागुराङबाट हराएको डेढ वर्षका बालक बुद्धिलाल चेपाङलाई सकुशल फेला पारिएको छ । 

बुबाआमा र दाजुहरुसँगै सुत्नुभएका बुद्धिलाल आइतबार रातको दुई बजे ओछ्यानबाटै हराएका थिए । बालक घरबाट झण्डै २० मिनेट पर मंगलबार दिउँसो साँढे ३ बजे सेन्ती खोलामा भेटिएका हुन् ।  

छोरा हराएपछि बुबा सोमबहादुर चेपाङ र आमा मनमाया चेपाङले छिमेकीहरुसँग सहयोग मागेका थिए । भूकम्पपछि खर र त्रिपालको छानोले बनेको अस्थायी टहरामाबाट आफ्नै काखीमा सुताएको कान्छो छोरा सबै जना निद्रामा भएको बेला हराएपछि परिवारमा त्रास छाएको थियो । 

गोठालाहरुले झण्डै २० मिनेट पर सेन्ती खोलामा भेटिएपछि डेढ वर्षका बालक बुद्धिलाल कसरी त्यहाँ पुग्यो भन्ने विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक बरुणबहादुर सिंहले बताउनुभयो । गाउँलेहरुले नभेटेपछि प्रहरी चौकी ताल्तीबाट प्रहरीको टोलीसमेत बागुराङ पुगेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया