MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

प्रियंका भन्छिन् - ‘हर्न निषेध गरेर सरकारले जनताको रक्तचाप बढायो’

काठमाडौं, वैशाख ५ – नेपाली नयाँ वर्षको सुरुवातसँगै सरकारले केही नयाँ कुराहरु लागू गरेको छ । नयाँ वर्षदेखि काठमाडौं उपत्यका हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । 

सरकारले गरेको यो काम धेरैले विरोध गर्नुका साथै मजाकमा उडाएका छन् । अहिले यो विषयमा चौतर्फी आलोचना भइरहेको छ ।  उपत्यकालाई हर्न निषेध गरिएको विषयमा अभिनेत्री प्रियंका कार्कीले आफ्नो विचार राखेकी छिन् । यस विषयमा बोल्दै उनले भनिन्, ‘सरकारले काठमाडौंलाई हर्न निषेधित क्षेत्र घोषणा गर्नु राम्रो कुरा हो । स्वागत योग्य पनि छ तर निषेधित क्षेत्र घोषणा हुनु भन्दा पहिले हुनुपर्ने पूर्व तयारी जुन हुनुपर्ने हो त्यो भएको छैन ।’  

‘काठमाडौंको सडकमा ट्राफिक लाईटको राम्रो व्यवस्था छैन । सडक पनि त्यति व्यबस्थित छैन । पहिले यी कुराहरुको व्यवस्था भएको भए पो मानिसहरुलाई पनि ईमरजेन्सी परेको बेलामा मात्रै हर्न बजाउने हो भन्ने कुरा थाहा हुन्छ । अचानक हर्न निषेधित बनाउनु भनेको उल्टो जनताको रक्तचाप बढाउनु हो । हामी यस्तो देशमा बस्छौँ जहाँ मानिस, गाडी, साइकल, मोटरसाइकल, गाई, कुकुर लगायतको हिँड्ने बाटो एउटै छ । यस्तो ठाउँलाई एकैपटक हर्न निषेधित बनाउनु भन्दा बरु स्टेप बाई स्टेप बनाउनु राम्रो हुने थियो । त्यहाँसम्म पुग्नको लागि हामीले अझै धेरै बाटोहरु हिँड्नु छ । अनि त्यो बाटोहरु नखुलीकन एकैपटक हामी यहाँ आईपुग्दा त गाह्रो हुन्छ नि । त्यहाँसम्म जानको लागि पहिले हामीलाई बाटो बनाईदिएको भए पो हामीलार्ई थाहा हुने थियो हर्न नबजाउने कुरा’ प्रियंकाले थपिन् ।  

हर्न नबजाउँदैमा समस्या समाधान नहुने भन्दै त्यहाँ सम्म पुग्नको लागि धेरै लामो बाटो हिँड्नु पर्ने तर सरकार छिट्टै पुगेको प्रियंकाको भनाई छ । सबै नियम पूरा नगरी हतारमा जाँदा कुनै पनि काम सफल हुँदैन भनि प्रियंकाले भन्न भ्याईन् । प्रियंकाले बाटो नै नभएको ठाँउमा जबरजस्ती हिँड भनेर जनतालाई सरकाले हुत्याएको पनि विचार राखिन् । सरकारको यस निर्णयको मजाक उडाउँदै सामाजिक सञ्जालहरुमा विभिन्न ट्रोल, भिडियो र जोक बनाइएको छ । 

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया